हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमाले र कांग्रेस बीचको रोचक भिडन्त

Monday May 22, 2017
वि.सं.२०७४ जेठ ८ सोमवार २३:३८

९ जेठ, मकवानपुर- हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमाले र कांग्रेस उम्मेदवारबीचको टक्कर निकै रोचक बनिरहेको छ । १९ वटा वडा रहेको उपमहानगरपालिकाका १५ वटा वडाको मतगणना भइसक्दा दुई उम्मेदवारबीच जम्मा दुई सय ९५ मतको फरक देखिएको छ ।
एमालेका उम्मेदवार हरिबल महत १७ हजार नौ सय ५६ मतसहित अग्रता बनाइरहेका छन् । उनलाई चुनौती दिइरहेका कांग्रेसका आनन्दराम पराजुलीले १७ हजार ६ सय ६१ मत ल्याएका छन् ।
उपमेयरको भिडन्तमा भने एमाले निकै बलियो बनिसकेको छ । एमाले उम्मेदवारले १८ हजार ४१ मत ल्याउँदा माओवादीको उम्मेदवारले १३ हजार ५२ मत ल्याएका छन् ।