IME Life
NIMB

एनसेलले सुरु गर्यो फोरजी सेवा, हेर्नुस कसरि लिने फोरजी

NIMB
Himalayan Bank

१७ जेठ, काठमाडौं- एनसेलले चौथो पुस्ताको मोवाइल सेवा फोरजी/ लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा सुरु गरेको छ । नवीन प्रविधिहरु भित्राउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम उच्चगतिको मोबाइल ब्रोड ब्याण्ड सेवामा ग्राहकको पहुँच पुर्‍याउन फोरजी सेवा सुचारु गरिएको एनसेलले जनाएको छ ।

नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले भोलि बिहीबारबाट काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा यो सेवा लिन सक्नेछन् ।

“हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं । यसले हामीलाई डिजिटल नेपालको निर्माणको यात्रामा अघि बढाएको छ, एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।

सन् २०१७ को अन्त्य सम्ममा कुलजनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्‍याउने लक्ष्य एनसेलले लिएको छ । यसका लागि उसले देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवा सुचारु गर्ने योजना सहित नेटवर्क परीक्षण गरिरहेको छ ।

फोरजी सेवाका लागि ग्राहकले आफूले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरबाट फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन् । नयाँग्राहकले फोरजी सिम नै प्राप्त गर्ने उसले बताएको छ ।

एनसेलले भोलि फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई ३ दिनमा १ जिबी डेटा भोल्युम निःशुल्क प्रदान गर्ने जनाएको छ । साथै असार १६ गतेसम्म फोरजी सेवा लिने ग्राहकले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिक एपमा फोरजी सेवा लिएको ३० दिन सम्म निःशुल्क अनलाइन गीत सुन्न सक्नेछन् ।

यस बाहेक चाँडै नै डिभाइस सर्भिस बण्डलिङ्गमा आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड फिल्ममा पहुँच हुने जस्ता रोचक योजनाहरु ल्याउने कम्पनीले जनाएको छ ।

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:११

काठमाडौँ, जेठ २९, २०८३ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न...

एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड ३’ प्रमाणीकरण

एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड ३’...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:२६

  काठमाडौं, जेठ २६ । एनसेल बिजनेसले ललितपुरको नख्खुमा सञ्चालनमा...

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:५९

  डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको...