Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

एनसेलले सुरु गर्यो फोरजी सेवा, हेर्नुस कसरि लिने फोरजी

Machhapuchchhre Bank Limited

१७ जेठ, काठमाडौं- एनसेलले चौथो पुस्ताको मोवाइल सेवा फोरजी/ लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा सुरु गरेको छ । नवीन प्रविधिहरु भित्राउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम उच्चगतिको मोबाइल ब्रोड ब्याण्ड सेवामा ग्राहकको पहुँच पुर्‍याउन फोरजी सेवा सुचारु गरिएको एनसेलले जनाएको छ ।

नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले भोलि बिहीबारबाट काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा यो सेवा लिन सक्नेछन् ।

“हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं । यसले हामीलाई डिजिटल नेपालको निर्माणको यात्रामा अघि बढाएको छ, एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।

सन् २०१७ को अन्त्य सम्ममा कुलजनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्‍याउने लक्ष्य एनसेलले लिएको छ । यसका लागि उसले देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवा सुचारु गर्ने योजना सहित नेटवर्क परीक्षण गरिरहेको छ ।

फोरजी सेवाका लागि ग्राहकले आफूले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरबाट फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन् । नयाँग्राहकले फोरजी सिम नै प्राप्त गर्ने उसले बताएको छ ।

एनसेलले भोलि फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई ३ दिनमा १ जिबी डेटा भोल्युम निःशुल्क प्रदान गर्ने जनाएको छ । साथै असार १६ गतेसम्म फोरजी सेवा लिने ग्राहकले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिक एपमा फोरजी सेवा लिएको ३० दिन सम्म निःशुल्क अनलाइन गीत सुन्न सक्नेछन् ।

यस बाहेक चाँडै नै डिभाइस सर्भिस बण्डलिङ्गमा आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड फिल्ममा पहुँच हुने जस्ता रोचक योजनाहरु ल्याउने कम्पनीले जनाएको छ ।

क्यान इन्फोटेक २०२५ मा प्रविधिप्रेमीहरूको आकर्षण, कम्पनीहरूले दिए विशेष छुट र अफर

क्यान इन्फोटेक २०२५ मा प्रविधिप्रेमीहरूको आकर्षण, कम्पनीहरूले...

वि.सं.२०८१ माघ २५ शुक्रवार २१:४४

काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि...

एनसेल फाउण्डेसनद्वारा विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने घोषणा

एनसेल फाउण्डेसनद्वारा विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री...

वि.सं.२०८१ मंसिर १३ बिहीवार २१:४३

  काठमाडौँ। एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो...

एआईसम्बन्धी अवधारणा-पत्रमा सरोकारवालासँगको छलफल सम्पन्न

एआईसम्बन्धी अवधारणा-पत्रमा सरोकारवालासँगको छलफल सम्पन्न

वि.सं.२०८१ असोज १९ शनिवार २१:३४

  काठमाडौं । सरकारले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी...

फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान ´शुरूवाती मुल्य ११,९९० मात्र  नेपाली बजारमा

फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान ´शुरूवाती...

वि.सं.२०८१ भदौ ३१ सोमवार ०७:५३

  काठमाडौं । स्पार्क गो वानले तपाईंलाई चाहिने सबै कुराहरू...

आइएमई पेले गर्‍यो सामसुङको सम्पूर्ण मोबाईलहरुमा ‘बाइ नाउ पे लेटर’ सेवा उपलब्ध

आइएमई पेले गर्‍यो सामसुङको सम्पूर्ण मोबाईलहरुमा ‘बाइ...

वि.सं.२०८१ भदौ २५ मंगलवार २३:०५

  काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मार्फत्...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

वि.सं.२०८१ भदौ २१ शुक्रवार ०९:११

काठमाडौं । नेपाल सरकारले संगीता पहाडीलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा...