Nabil Bank
Everest Bank Limited
prabhubank

माथिको आदेश भन्दै सकुसल छोडियो, भारतीय प्रहरीका डिएसपीको समूह

मिडिया स्पेस सोलुसन्स प्रालि


१९ जेठ, डोटी  –  बुधबार राती २ बजे एक नेपालीलाई अपहरण गरी भाग्नै लागेका बेला डोटी प्रहरीले समातेको १० घण्टा मै माथिको आदेश भन्दै सकुसल छोडिएको छ । दिपायल सिलगढी नगरपालिका ८ लडागडा बस्ने अन्दाजी ३० वर्षिय युवा लाल आउजीलाई भारतीय प्रहरीका डिएसपी नागराजको समूहले अपहरण गरी भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय डोटीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको १० घण्टामै डोटी प्रहरी प्रमुख डिल्लीराज बिष्ट आफैं छोड्न गएका छन ।

बुधबार राती घटनाबारे स्थानीयले थाहा पाएपछि लडागडा प्रहरीचौकीलाई खबर गरुञ्जेल भागिसकेको र त्यसपछि जिल्ला प्रहरी कार्यालय डोटीलाई खबर गरेपछि सिलगढीबाट उक्त अपहरणकारी समूहलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो ।

भारतीय समूहसँगै डोटी लडागडाकै प्रसाद पार्कीलाई ल्याएर घर देखाउन भनि आएका थिए । प्रसाद पार्कीले पनि राती घर देखाएका थिए भन्ने बुझिएको छ । प्रसादले घरमा म प्रसाद इन्डियाबाट आएको ढोका खोल्नुस भन्दा ढोका खोली सकेपछि एक्कासी डिएसपीको समूह नै आएर सुतेकै बेला लाल बहादुर आउजीलाई कुटपीट गरी नाम्लोेले हातखुट्टा बाँधी मुखमा पट्टी बाधेर गाडीमा राखेर हिडेका थिए । त्यतिकैमा प्रहरी चौकी लडागडामा खबर गर्ने बित्तिकै रोक्न नसकेर जिप्रकामा खबर गरेको थियो ।
लडागडा प्रहरी चौकीले खबर गरेको २० मिनेटमै सिलगढी पुगेको बताइन्छ । बस चेकिङ्ग हुदै थियो । बीच सडकमा बस हुनाले भारतीय प्रहरी आएको गाडी नियन्त्रणमा लिएको बताइन्छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले भने, यो दुइ देशको कुरा हुनाले माथिको आदेश अनुसार डिएसपीको टोलीलाई छोडेका हौं । उनले भने प्रहरी प्रमुख डिल्लीराज बिष्ट डिएसपीको टोलीलाई छोड्न बिहीबार राती कञ्चनपुर तिर जानुभएको छ ।

उता बन्धक बनाएर ल्याएका लाल आउजीलाई भने अहिलेसम्म पनि डोटी प्रहरीले थुनुवामा राखेको बुझिएको छ ।

यस बिषयमा सुदूपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्र सिं देउजाले भने उनीहरुले माफी मागी सके त्यसैले भारतीय प्रहरीको जिम्मा लगाएका हौं । उनले भने, हामी पनि कहिलेकाँही अनुसन्धानको लागि भारत जान्छौं, त्यसरी नै उहाँहरु प्नि आएका हुन । घरमा गएर अपहरण गरेकोमा भने माफी मागी सकेकाले भारतीय प्रहरीको जिम्मा लगाएका हौं । त्यो भन्दा बढी कुनै कारबाही गर्ने प्राब्धान छैन उनले भने ।

भारतीय प्रहरीसंगै नियन्त्रणमा लिईएको गाडी र चालक राजेश बागचनलाई पनि भारतीय प्रहरी टोलीसंगै कञ्चनपुर पु¥याईएको थियो । उनीहरुलाई पनि सम्वन्धित व्यक्तिको जिम्मा लगाईने प्रहरी नायव महानिरीक्षक देउजा बताए ।

बिना कुनै सूचना भारतीय प्रहरीले नेपालको गाउँमा गएर मध्यरातमा एक व्यक्तिलाई कुटपिट गरि अपहरण गर्नुले नेपालको सुरक्षा सम्वेदनशीलतालाई दर्शाएको छ । बुधवार मध्यराती देखिनै घटनाको बारेमा सम्वन्धित निकायले सञ्चारकर्मीहरुलाई समेत सही सूचना दिन मानेको थिएन ।

नेपाल सरहदभित्र आएर नेपालीलाई मध्यरातमा अपहरण गर्नु अन्तराष्ट्रिय सन्धी महासन्धी र नेपालको कानुन बिपरित भएको मानवअधिकारकर्मी तथा अधिबक्ता डण्डीराज ओझाले बताए । उनले भने ‘अपराधीलाई स–सम्मान बुझाउनु मिल्दैन ।’ ‘भारतीय भु–भागमा अपराध गर्ने नेपालीहरुलाई भारतले नेपाललाई बुझाएको छ र ?’ ओझा प्रश्न गर्छन् ‘भारतीय प्रहरी हो भन्दैमा हाम्रो देशमा आएर जे पनि गर्न पाईन्छ र ? उनीहरु अपहरणकारी हुन, अपहरणकारीलाई जे सजाय हुन्छ त्यही सजाय उनीहरुलाई पनि हुन्छ ।’

‘जस्तो सुकै अपराध गरेको व्यक्तिलाई शारीरिक तथा मानसिक यातना दिन नमिल्ने हुँदा हुँदै पनि राती घरमा घुसेर कुटपिट गर्ने अनि नाम्लोले बाँध्ने, मुखमा पट्टी समेत लाउने काम भएको छ, के यो अपराध होईन ?’ ओझाले भने ‘यो भारतीयहरुको हेपाहा प्रबृत्ति र नेपाल प्रहरीको आत्मसमर्पणबादी शैली हो ।’

यसरी बर्षेनी यस्ता घटनाहरु भैरहँदा पनि सम्बन्धित निकायले बेवास्ता गर्नु नेपालीको लागि सुरक्षा नभएको महसुस भएका लडागडाका स्थानीयहरु बताउँछन ।

साभार समाचार:  रतोपाटि  अनलाइन

अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु

अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन...

वि.सं.२०८१ असार ७ शुक्रवार १५:०३

  काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको...

आन्तरिक राजश्व विभागले बढायो राजश्व संकलन

आन्तरिक राजश्व विभागले बढायो राजश्व संकलन

वि.सं.२०८१ असार ७ शुक्रवार ११:०९

  काठमाडौँ । आन्तरिक राजश्व विभागको राजश्व संकलनमा वृद्धि भएको...

असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत राख्नेलाई राज्यले राज्यकै व्यवहार गर्छ : अर्थमन्त्री

असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत...

वि.सं.२०८१ असार ७ शुक्रवार ११:०३

  काठमाडौँ . अर्थमन्त्री वर्षमान पुन अनन्तले करदातालाई कर तिर्न...

धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्न सरकारलाई दबाब

धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्न सरकारलाई...

वि.सं.२०८१ असार ७ शुक्रवार ११:००

  काडमाडौं । प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीले धितोपत्र बोर्डको...

भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिनुपर्छ : साँसद वर्तौला

भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिनुपर्छ...

वि.सं.२०८१ असार ६ बिहीवार १३:२४

  काठमाडौं । मकवानपुर २ बाट निर्वाचित साँसद महेश वर्तौलाले...

नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट कन्फरेन्स

नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट कन्फरेन्स

वि.सं.२०८१ असार ५ बुधवार २३:३७

  काठमाडौं । नेपालले पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट...