मनीषा बनिन बागमती सफाइ महाअभियानको सद्भावना दूत
Friday Jun 16, 2017
वि.सं.२०७४ असार २ शुक्रवार ०८:०८
२ असार, काठमाडौँ- नेपाली मूलकी बलीउड अभिनेत्री मनीषा कोइरालालाई नेपाल सरकारले बागमती सफाइ महाअभियानको सद्भावना दूतमा मनोनीत गरेको छ । बागमती सफाइ महाअभियानको बिहीवार बसेको साप्ताहिक बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा कोइरालाको नाम अनुमोदन गरेको हो ।
कोइराला भोली शनिबार हुने २१४ औं साताको बागमती सफाइ कार्यक्रममा सहभागी हुनेछिन् । यसअघि नै तत्कालीन सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आफ्नो कार्यकालमा कोइरालालाई बागमती सफाइ अभियानको सद्भावना दूत मनोनीत गर्न प्रस्ताव गरेका थिए ।
























