CG Electronics
IME Life
NIMB

अमेरिकी नौसेनाको युद्धपोत दोहा आईपुग्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

२ असार, दोहा- अरब राष्ट्रहरुसंग सम्बन्ध बिग्रिए पछी कतार तनावमा छ | अमेरिकी नौसेनाका युद्धपोत कतारसँगको संयुक्त सैनिक अभ्यासका लागि दोहा आइपुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारले चरमपन्थी समूहलाई ठूलो लगानी गरेको र आर्थिक फण्ड दिएको आरोप लगाएको केही दिनपछि अमेरिकी युद्धपोत कतार आइपुगेको हो । यो संगै अब युद्द हुन्छ कि भन्ने बिस्वभर तरंग फैलिएको छ |

.

कतारमा मध्यपूर्वकै सबैभन्दा ठूलो अमेरिकी सैन्य शिविर रहेको छ । ११ हजार अमेरिकी सैनिक रहेको कतारको अल–उदैद एयरबेसबाट १ सय भन्दा बढी लडाकु विमानहरु परिचालित हुन्छन् । अमेरिकाले यसै एयरबेस बाट चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) लगायतका समूहविरुद्ध सैनिक कारबाही सञ्चालन गर्ने गरेको राजधानी दैनिकमा खबर छ ।

.
कतार न्युज एजेन्सी (क्युएनए) ले अमेरिकी युद्धपोत कतार आइपुगेको यस्तो समयमा सूचना दिएको छ, जुन दिन कतारले अमेरिकासँग एफ–१५ लडाकु विमान खरिद गर्नका लागि १२ बिलियन डलरको प्रारम्भिक लागतको एक सम्झौतामा हस्ताक्षर गरेको छ ।

.

क्युएनएले कतारी रक्षामन्त्री खालिद अल अत्तियाह र अमेरिकी रक्षामन्त्री जिम माटिसले वासिंगटनमा सो सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ । रक्षा विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कतारलाई अत्याधुनिक क्षमता प्रदान गर्ने र सुरक्षा सहयोग तथा अमेरिका । कतारबीच अन्तर–क्षमता बढ्नेछ ।’

.

यही महिनाको सुरुमा साउदी अरब, युएई, बहराइन, इजिप्टसहितका राष्ट्रले चरमपन्थी समूह र इरानलाई सहयोग गरेको आरोपमा कतारसँगको राजनीतिक सम्बन्ध तोडेका थिए । कतारले भने यो आरोप अस्वीकार गर्दै आएको छ ।

.

साउदी, युएई र बहराईनले कतारसँगको हवाई, स्थल र सामुद्रिक सीमा समेत बन्द गरेको छ । कतारसँगको सीमा बन्दका कारण कतार एयरलाइन्सका उडानहरु प्रभावित बनेका छन् भने कतारमा ट्रान्जिट भएर उड्ने जहाजहरु समेत अन्यत्रबाट घुम्नुपर्ने अवस्था आएको थियो ।

.

गत साता मात्रै अमेरिकी रक्षा मन्त्रालयले कतारमा रहेको आफ्नो सुरक्षा बेस राख्न दिएकोमा कतारको प्रशंसा गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कतारमाथि अन्य छिमेकी देशले गरेको राजनीतिक सम्बन्ध विच्छेद जायज भएको बताउँदै आएका छन ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...