CG Electronics
IME Life
Ncell NPL

समयमै सचेत बनौ : मानव बलि दोहोरिने त्रास

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

परासी : पश्चिम नवलपरासीका दक्षिणी गाउँमा धामीझाँक्री झारफुकमा सक्रिय भएपछि स्थानीय त्रसित बनेका छन् । तीन वर्षअघि झारफुकका क्रममा बालक हत्या (बली) घटना पुनः दोहोरीन सक्ने आशंकामा स्थानीय त्रसित बनेका हुन् । २०७२ साउन ५ गते साविक कुडिया गाविस–४ मर्चवारमा झारफुकका क्रममा १० वर्षीय बालक सोनु भनिने जीवन कोहाँरलाई छिमेकी कोदई हरिजनसहितले बलीका नाउँमा हत्या गरेका थिए ।

 

हत्या अभियोगमा पक्राउ परेका १० जनालाई अदालतले कैद सजाय सुनाइ सकेको छ । अदालतको फैसलाअनुसार मुख्य धामी बनेका कोदईले सर्वस्वसहित जन्म कैदको सजाय पाएका छन् । अन्य ९ जनाले जन्मकैद सजायमा कैद भुक्तान गरिरहेका छन् । त्यसबेला १४ वर्षका एक बालकको उमेर नपुगेकाले ६ महिना कैदसहित बालसुधार गृहमा पठाइएको थियो ।

तीन वर्षअघिको घटना बिर्सन नसकेका दक्षिण गाउँका स्थानीय गाउँ वरपर धामी झाँक्रीको झारफुकका घटना बढ्दै गएपछि स्थानीय त्रसित हुन थालेका हुन् । साताअघि हराएका पाल्हीनन्दन गाउँपालिका–१ शंकरपुरका १० वर्षीय बालक रोहित चौधरी फेला परेका छैनन् । रातको समयमा झारफुकका घटना बढ्नुले स्थानीय त्रसित बनेका हुन् । असोज २ गते हराएका चौधरी अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

झारफुक गर्ने बढेपछि पुराना घटना दोहरिन सक्ने भन्दै स्थानीयले प्रहरीमा उजुरी दिएका छन् । उजुरीका आधारमा राती प्रतापपुर गाउँपालिका–३ अमहवामा झारफुक गरिरहेको अवस्थामा प्रहरीले एक निजी विद्यालयका प्रिन्सिपलसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई ‘राष्ट्रसेवकसँग अभद्र व्यवहार गरेको’ अभियोगमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक मोहनबहादुर खाँडले बताए ।

स्थानीय धनेवा खोला नजिक खाडल खनेर पिपलको बोटमा धामी झाँक्रीसहित पूजा गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । स्थानीयलाई धम्कीदिदैं पूजा गरेको र मध्यरातमा पूजा नगर्नुभन्दा प्रहरीमाथि जाइलागेपछि पक्राउ गरी मुद्दा चलाइएको नायब उपरीक्षक खाँडले जानकारी दिए ।

गोल्डेन लाईफ इङ्गलिस स्कुलका प्रिन्सिपल हरेन्द्र बढई शर्माले परिवारका सदस्य बिरामी परेकाले खोला किनारमा पूजा गरेको प्रहरीले जनाएको छ । शर्मासँगै पक्राउ परेका प्रतापपुर–३ का ५५ वर्षिया ठगईप्रसाद मुसहर, १८ वर्षिया बलिराम मुसहर, सुनवल–१२ भूमहीका तीलक भट्टराई, भानु मुसहरलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो ।

डेढ महिनाअघि शर्माले आफ्नै विद्यालय नजिक खाडल खनेर आफुलाई हत्या (बली) गर्ने उद्देश्यले पूजापाठ गरेको आरोप लगाउँदै एक स्थानीय महिलाले प्रहरी कार्यालयमा निवदेन दिएकी थिइन् । स्थानीयलाई त्रसित बनाउने क्रियाकलाप नगर्ने शर्तमा उनीहरुलाई प्रहरीले छाडेको थियो । तीन वर्षअघि भएको बली घटनाका मुख्य झाँक्री मानिएका कोदईले आफ्ना छोरालाई तान्त्रिक विद्या सिकाउन गाउँलेको मिलमतोमा सोनुको हत्या गरेका थिए ।

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...