CG Electronics
IME Life
NIMB

सहुलियत पसल बाट दैनिक १७ लाखभन्दा बढीको खाद्यान्न बिक्री हुन थालेपछि साल्ट ट्रेडिङको ब्यापार मालामाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

साल्ट ट्रेडिङ कर्पोरेशनले चाडपर्वलाई लक्षित गरेर संचालनमा ल्याएको सहुलियत पसलका कारण संस्थाको व्यापार ह्वात्तै बढेको छ। यस सरकारी संस्थानले असोज १ बाट सुरु गरेको सहुलियत पसलबाट मात्र अहिदै दैनिक १७ लाख रुपैयाँभन्दा धेरैको व्यापार भइरहेको बताइएको छ।

साल्ट ट्रेडिङले ६ वटा आउलेट र तीनवटा मोवाइल भ्यानबाट दैनिक १७ देखि १८ लाख रुपैयाँको खाद्यान्न बिक्री भइरहेको संस्थाका बजार प्रबन्धक प्रज्वल प्रधानले बताए। यो कारोबार पोहोरको सहुलियत पसलको भन्दा बढेको हो। गतवर्ष यस संस्थानले दैनिक १५ लाख रुपैयाँको खाद्यान्न व्यापार गरेको थियो।

सहुलियत पसलबाट साल्ट ट्रेडिङले नुन, चिनी, गेडागुडी, दाल, चिउरा, मरमसला, पिठो, तेल लगायत विभिन्न खाद्यान्न बिक्री गरिरहेको छ। यी खाद्यान्नमा संस्थानले प्रतिकिलो २ रुपैयाँदेखि ४० रुपैयाँसम्म छुट दिएको छ।

पहिले चिनीको माग धेरै हुँदै आएकोमा थियो। अहिले भने अन्य खाद्यान्नरुको पनि माग धेरै भइरहेको बताइएको छ। चाडपर्वका कारण पनि खाद्यन्न खपत बढेको हो। कर्पोरशनले सहुलियत पसल आउटलेट कालिमाटी मुख्यालयसहित उपत्यकाका अन्य पाँचवटा स्थानबाट संचालनमा ल्याएको छ। अहिले कालिमाटी आउटलेटमा मात्र दिनमा चार सय हाराहारी उपभोक्ताको फुटफल हुने गरेको छ।

सामान्य अवस्थामा दैनिक तीन लाख रुपैयाँसम्मको खाद्यान्न बिक्री हुँदै आएको कर्पोरेशनले जनाएको छ। अहिले सहुलियत पसलका कारण संस्थाले अपेक्षा गरेभन्दा पनि बढी रकमको व्यापार भएको बताइएको छ। खाद्यान्न खरिदका लागि आउने ग्राहकको भीड बढ्दै गएकाले अहिले नै लाइन लगाएर राख्नुपर्ने अवस्था छ भने चाड अझ नजिकिँदै जाँदा भीड र व्यापार दुवै यो भन्दा निक्कै बढ्ने अनुमान साल्ट ट्रेडिङको छ। बिहान ९ बजेदेखि संचालन हुने सहुलियत पसलमा बेलुकासम्मै खुला हुने गरेको छ।

सरकारको अनुदानमा साल्ट ट्रेडिङले सहुलियत पसल संचालन गरेर नुनमा २ केजी छुट दिएर किलोको १८ रुपैयाँमा बिक्री गरिरहेको छ। यस्तै, चिनी किलोको ७९ रुपैयाँमा तथा दुई केजीको प्याकेट एक सय ५८ रुपैयाँमा बिक्री गरेको छ। एकजनाले बढीमा ६ किलो नुन र दुई केजी चिनी खरिद गर्न पाउनेछन्। चामलमा पनि प्रतिबोरा २५ रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट दिएको छ। यसबाहेक अन्य खाद्य वस्तुमा किलोमा ५ रुपैयाँ छुट दिएको संस्थाले बताएको छ।

कर्पोरेशनले उपत्यकाभित्रका विभिन्न टोल र वडामा दैनिक तीनवटा मोवाइल भ्यानमार्फत खाद्य वस्तुहरु बिक्री गरिरहेको छ। तर मोबाइल भ्यान भने मागअनुसार पठाउने गरेको बताइएको छ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...