nic bank
himalayan everesat
Nmb bank

सहुलियत पसल बाट दैनिक १७ लाखभन्दा बढीको खाद्यान्न बिक्री हुन थालेपछि साल्ट ट्रेडिङको ब्यापार मालामाल

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

साल्ट ट्रेडिङ कर्पोरेशनले चाडपर्वलाई लक्षित गरेर संचालनमा ल्याएको सहुलियत पसलका कारण संस्थाको व्यापार ह्वात्तै बढेको छ। यस सरकारी संस्थानले असोज १ बाट सुरु गरेको सहुलियत पसलबाट मात्र अहिदै दैनिक १७ लाख रुपैयाँभन्दा धेरैको व्यापार भइरहेको बताइएको छ।

साल्ट ट्रेडिङले ६ वटा आउलेट र तीनवटा मोवाइल भ्यानबाट दैनिक १७ देखि १८ लाख रुपैयाँको खाद्यान्न बिक्री भइरहेको संस्थाका बजार प्रबन्धक प्रज्वल प्रधानले बताए। यो कारोबार पोहोरको सहुलियत पसलको भन्दा बढेको हो। गतवर्ष यस संस्थानले दैनिक १५ लाख रुपैयाँको खाद्यान्न व्यापार गरेको थियो।

सहुलियत पसलबाट साल्ट ट्रेडिङले नुन, चिनी, गेडागुडी, दाल, चिउरा, मरमसला, पिठो, तेल लगायत विभिन्न खाद्यान्न बिक्री गरिरहेको छ। यी खाद्यान्नमा संस्थानले प्रतिकिलो २ रुपैयाँदेखि ४० रुपैयाँसम्म छुट दिएको छ।

पहिले चिनीको माग धेरै हुँदै आएकोमा थियो। अहिले भने अन्य खाद्यान्नरुको पनि माग धेरै भइरहेको बताइएको छ। चाडपर्वका कारण पनि खाद्यन्न खपत बढेको हो। कर्पोरशनले सहुलियत पसल आउटलेट कालिमाटी मुख्यालयसहित उपत्यकाका अन्य पाँचवटा स्थानबाट संचालनमा ल्याएको छ। अहिले कालिमाटी आउटलेटमा मात्र दिनमा चार सय हाराहारी उपभोक्ताको फुटफल हुने गरेको छ।

सामान्य अवस्थामा दैनिक तीन लाख रुपैयाँसम्मको खाद्यान्न बिक्री हुँदै आएको कर्पोरेशनले जनाएको छ। अहिले सहुलियत पसलका कारण संस्थाले अपेक्षा गरेभन्दा पनि बढी रकमको व्यापार भएको बताइएको छ। खाद्यान्न खरिदका लागि आउने ग्राहकको भीड बढ्दै गएकाले अहिले नै लाइन लगाएर राख्नुपर्ने अवस्था छ भने चाड अझ नजिकिँदै जाँदा भीड र व्यापार दुवै यो भन्दा निक्कै बढ्ने अनुमान साल्ट ट्रेडिङको छ। बिहान ९ बजेदेखि संचालन हुने सहुलियत पसलमा बेलुकासम्मै खुला हुने गरेको छ।

सरकारको अनुदानमा साल्ट ट्रेडिङले सहुलियत पसल संचालन गरेर नुनमा २ केजी छुट दिएर किलोको १८ रुपैयाँमा बिक्री गरिरहेको छ। यस्तै, चिनी किलोको ७९ रुपैयाँमा तथा दुई केजीको प्याकेट एक सय ५८ रुपैयाँमा बिक्री गरेको छ। एकजनाले बढीमा ६ किलो नुन र दुई केजी चिनी खरिद गर्न पाउनेछन्। चामलमा पनि प्रतिबोरा २५ रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट दिएको छ। यसबाहेक अन्य खाद्य वस्तुमा किलोमा ५ रुपैयाँ छुट दिएको संस्थाले बताएको छ।

कर्पोरेशनले उपत्यकाभित्रका विभिन्न टोल र वडामा दैनिक तीनवटा मोवाइल भ्यानमार्फत खाद्य वस्तुहरु बिक्री गरिरहेको छ। तर मोबाइल भ्यान भने मागअनुसार पठाउने गरेको बताइएको छ।

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग : उद्योग मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना...

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:३६

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको...

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३६

काठमाडौँ, १३ वैशाख– प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु...

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले विर्सन मिल्दैन’

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:२९

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भूकम्पबाट हुने...

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...