CG Electronics
IME Life
NIMB

सरकारले प्राथमिकतामा नराख्दा नेपालको कृषि क्षेत्र पछाडि परेको सरोकारवालाको गुनासो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सरकारको प्राथमिकतामा नपरेकै कारण नेपालमा कृषि क्षेत्रको विकास हुन नसकेको सरोकारवालाले बताएका छन् ।

काठमाडौंमा जारी नेपाल पर्यटन महोत्सवको दोस्रो सेसन कृषि पर्यटन माटो बाटो र दोबाटो शीर्षकमा आफ्नो धारणा राख्दै, छलफलमा सहभागिले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा नराखेको गुनासो गरेका छन् ।

पत्रकार किरण भट्टराईले सहजीकरण गरेको सेसनमा व्यवसायी पवन गोल्यान र शान्ता बाँस्कोटा तथा कृषी विद् कृष्ण पौडेल, नार्कका वरिष्ठ कृषी वैज्ञानिक डाक्टर ध्रुव भट्टराईले, सरकारले कृषि क्षेत्रको विकास र पर्यटनसँग यसलाई जोड्ने कुरामा विल्कुलै ध्यान नदिएको गुनासो गरेका छन् ।

कृषि विद् पौडेलले, नेपाली कृषकलाई खाडिमा पठाएर उनीहरुका दुख बेचेर पैसा कमाउने काम सरकारले बन्द गर्नु पर्ने बताए । उनले साचो अर्थमा किसानका लागि फाइदा हुने किसानले पनि फाइदा लिने र कृषी प्रणालीको विकासका लागि अघि बढाउने भने आफ्नो मौलिक कुराको संरक्षण र प्रर्वद्धन गर्नुपर्नेमा जोडि दिए ।

 

व्यवसायी पवन गोल्यानले, कृषि पर्यटनको विकासको लागि नेपालीहरुको सोच बदल्न जरुरी रहेको बताए । नेपाल विश्वकै नमूना क्षेत्र रहेको भन्दै उनले आफ्नो पनलाई सरक्षण गर्न सकियो भने नेपालमा कृषी पर्यटनको विकासमा छलाङ मार्न सकिने बताए । अब सरकारको मुख ताक्ने नभई हरेकले आफ्नै क्षेत्रबाट अघि बढाउनु पर्ने उनको भनाई छ ।

 

नार्कका वरिष्ठ कृषी वैज्ञानिक डाक्टर ध्रुव भट्टराईले, अब नेपाललाई कृषि प्रधान देश भन्न नमिल्ने अवस्था बन्दै गएको भन्दै सर्तक गराएका छन् । विश्वमा कृषि क्षेत्रमा ठुलो परिर्वतन हुदाँ पनि नेपालमा भने झनै यो क्षेत्र ओरोलो लागेको बताए । उनले यसैगरी नेपाली कृषि क्षेत्र आरोलो लाग्ने हो भने नेपालमा कृषि पर्यटन गफमा मात्रै सिमित हुने बताए । सरकारले गर्ने विकासको मोडालिटी गैर वैज्ञानिक भएकैले समस्या देखिएको बताए ।

छलफलमा व्यवसायी शान्ता बाँस्कोटाले कृषि, वन र बाणिज्य क्षेत्रको सरकारी नीति नै गलत भएको बताइन् । अन्तर सरकारी संस्थाहरुबीच समन्वयको अभावका कारण समस्या बढेको उनको आरोप छ । चरम राजनीतिकरणकै कारण नेपाली कृषि क्षेत्र उभो लाग्न नसकेको उनको भनाई छ ।

काठमाडौंको बसन्तपुरमा जारी पर्यटन महोत्सव भोली सम्म चल्नेछ ।

 

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...