CG Electronics
IME Life
NIMB

काठमाडौं महानगरमा आजदेखि अनलाईन नक्सा पास सुरु : विचौलियाका दिन गएको मेयर साहको दाबी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले, अब विचौलिया प्रवृति अन्त्य हुने दाबी गरेका छन् ।
शुक्रबार एक सन्देश जारी गर्दै मेयर साहले, महानगरपालिकामा आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेको जानकारी दिँदै अब विचौलिया प्रवृति सकिएको घोषणा गरेका हुन्।

भिडियो सन्देशमा उनले भनेका छन् ‘ काठमाडौँ महानगरपालिकामा आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेका छौँ । यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ ।

त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिनेछ ।

यसले पहिले २–३ महिना लाग्ने प्रक्रियालाई बढिमा २५ दिनमा छोट्याउने छ । यसका लागि सर्भरको स्तरोन्नतिसहीत सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको छ । यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्दति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुनेछ ।’

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...