CG Electronics
IME Life
Ncell NPL

पशुपालन व्यावसायीले जान्नैपर्ने कुरा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

(सुशील अर्याल
युबाहरुकोलागि नमुना बाख्रा गाउ अभियान स्याङ्जा)

पृष्ठभूमि
नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको छ, भने देशमा क्रियाशील श्रमशक्ति मध्ये करिब दुई तिहाई कृषि क्षेत्रमा संलग्न छन् । यद्यपि कृषि क्षेत्रको वृद्धिदर एवम उत्पादकत्व भने तुलनात्मक रूपमा न्यून रहेको छ । जग्गाको खण्डीकरण, जोतको सानो आकार, न्यूनतम आवश्यक पूर्वाधारको कमी, मौसममा निर्भर खेती प्रणाली, कृषि अनुसन्धान एवम प्राविधिक विकासको सुस्तता र पर्याप्त वित्तीय सेवाको अभाव कृषि क्षेत्रको उत्पादकत्व नबढ्नुका प्रमुख कारकका रूपमा देखिएका छन् ।

राष्ट्रिय कुल ग्राहस्थ उत्पादनको २४.९० प्रतिशत योगदान पुर्याइरहेको कृषि क्षेत्रमा करिब ६०.४ प्रतिशत जनता यस पेशामा निर्भर आश्रित रहेको छन् । कृषि पेसामा महिलाको सहभागिता करिब ७२.८ प्रतिशतभन्दा बढी रहेको छ । यस क्षेत्रको योगदानमा पशुपालन क्षेत्रको योगदान करिब २६ प्रतिशत रहेको छ, भने कृल ग्राहस्थ उत्पादनमा पशुपालन क्षेत्रबाट करिब ६.४० प्रतिशत योगदान पुर्याएकाले कृषि र पशु विकासको क्षेत्रबाट राष्ट्रको समग्र अर्थतन्त्रमा पुर्याएको योगदानको महत्व निकै उच्च रहेको छ । नेपालको अर्थतन्त्रमा कृषिमा सबैभन्दा बढी जनसङख्या आश्रित रहेको क्षेत्र हो भने अन्य क्षेत्रले समेत आर्थिक विकासका लागि योगदान गरेका छन् । नेपालले कुनै एक मात्र क्षेत्रमा प्राथमिकताको नीति लिएको छैन ।

 

हाल नेपालको उपलब्धता
दुध २४ लाख ७९ हजार ८ सय उन्नान्सय मेट्रिकटन उत्पादन भएको तथ्यांक छ । जसमा १० लाख ६० हजार ४ सय सतासी मेट्रिकटन गाईबाट र १४ लाख १९ हजार ४ सय बाह« मेट्रिकटन भैँसीबाट हुने गरेको छ । मासु ५ लाख २० हजार ४ सय बहत्तर मेट्रिकटन उत्पादन हुने गरेको पाइन्छ । त्यसैगरी अण्डा १ अर्ब ४९ करोड ३५ लाख ५० हजार ओटा उत्पादन भइरहेको तथ्यांकले देखाउछ ।

घाँसमुखी पशुपालन नहुनु :
पशुपंक्षीपालन व्यावसायमा आहाराको व्यावस्थापन गर्ने कुरा अति महत्वपूर्ण रहेको छ हालको पशुपालनको मुख्य समस्या नै उत्पादन लागत बढी हुनु हो । यसको लागि खेर गईरहेको जमिनको समुचित प्रयोग गरी उन्नत अनि पोषिलो घाँस खेती गर्नुपर्ने हुन्छ, हामीकँहा बर्षात सिजनमा हरियो घाँस बढी हुने र हिँउदको सिजनमा घाँसको कमि हुने हुनाले पशुले सबै महिनामा हरियो घाँस खान पाउदैनन्, त्यसैले बर्षादमा बढी भएको घासलाई हे, साइलेज, बनाएर समेत उपभोग गर्न सकिन्छ । साथै हरियो घाँस भए पनि कोसे घाँस नहुनु या न्यून पौष्टिक हुनु सरदर हाम्रो घाँसको पोषिलोपना ५.६ प्रतिशत प्रोटिन देखिन्छ जसले गर्दा हाम्रो पशुपालनबाट राम्रो उत्पादन लिन सकिएको देखिदैन त्यसकारण हामीले आफ्नो जमिनमा घाँस लगाउदा कम्तिमा १० प्रतिशत प्रोटिन भएको जस्तै सुपर नेपियर, स्टाइलो, ज्वाइन्ट भेच, बर्षिम, लुसन, निमारो, राइखँनियो, बदामे, जै, कोल्भर लगायतका घाँस रोप्नुपर्दछ घाँस रोप्दा कोसे अकोशे मिलाएर रोप्दा पशुलाई पौष्टिक तत्वको आवश्यकता पुरा हुन्छ अबको पशुपालन परालबाट होइन हे, साइलेज मुखी बनाएर गरौँ ।

दानाको कच्चा पदार्थको स्रोत कमी हुनु :
हाम्रो देशमा पशुवस्तुको लागि आबश्यक पर्ने दानाको लागि कच्चा पदार्थको उपलब्धता कम छ । तिनको लागि विदेशको भर पर्नुपर्छ, जसको कारण दानाको लागत महँगो पर्न गरेको पाइन्छ । यो आपूर्ति निजि क्षेत्रको मात्र भर पर्नुपर्दा उनीहरुले एकाधिकार प्रयोग गर्दा अनावश्यक महँगो हुने गरेको हुनाले पनि पशुपालनको लागि उत्पादन लागत बढी हुँदा व्यावसायी म पलायन हुने गरेको छ । जस्तै कुखुरा पालकको समस्या उदाहरणको रुपमा हेर्न सकिन्छ । यसको लागि सरकारले बिशेष क्षेत्रमा एक गाउ एक उत्पादनको रुपमा बिकास गरेर सस्तोमा दानाको लागि कच्चा पदार्थ उपलब्धता गराउदा राम्रो हुनेछ ।

उन्नत नश्लको पशु बस्तु नहुनु
हामीकँहा अहिले पनि उन्नत उत्पादनशिल पशुको तथ्याँक हेर्दा करीब करिब ५ प्रतिशतको हाराहारीमा पाउन सकिन्छ । हालको स्थानीय अनि कम उत्पादनशिल पशुवस्तुबाट न्यून उत्पादन भएको कारणले गर्दा व्यावसायीहरु समस्यामा रहेको पाइन्छ । जस्तै हामीकहाँ स्थानीय भैसीको बार्षिक दुध उत्पादन १००० लिटर रहेको छ । स्थानीय गाईको उत्पादन प्रति बेत् ३५० लिटर रहेको छ तर विदेशमा एउटा जर्सी गाइको उत्पादन ६००० लिटर रहेको छ र हाम्रोमा भने त्येही जर्सी गाईको उत्पादन ३००० लिटर रहेको छ ।

सहुलियत कृषि ऋण किसानमा सहज पुग्न नसक्नु
कृषि व्यावसायीले ऋण पाउनु नै ठुलो कुरा भरैहेको यो अवस्थामा सहुलियत ऋणको कुरा धरै परको कुरा हो तर पनि हाल पशुपालक किसानहरुले सजिलोसँग ऋण पाउनको लागि कि त गाउको साहुमहाजनसग जानुपर्छ कि त सहकारीमा जानुपर्छ । सहकारीबाट ऋण लिँदा १५–१८ प्रतिसत सम्म ब्याज तिर्नुपर्छ । हुन त सरकारले सहुलियत पूर्ण ऋणको व्यावस्था गरेको पाइन्छ । त्यो लिन सबैको पहुच पुगेको देखिदैन किनकि ग्रामिण क्षेत्रमा पशुपालन गरेको हुन्छ । बैँकले शहरको धितो मागेको हुन्छ सरकारले यस्तो व्यावसायको लागि विशेष योजना बनाएर ३ प्रतिशतमा ऋण दिने व्यवस्था गर्नुपर्छ ।

परियोजनाका आधारमा ऋण दिने ब्यबस्था नहुनु
ग्रामिण क्षेत्रमा पशुपालन गरेका व्यावसायीहरुका लागि उसको परियोजना नै धितो रहने गरि सुलभ ऋण प्रदान गर्नु पर्छ । बरु ऋण लगानीमा दुरुपयोग भएमा कडा कारबाही हुने गरि नियम बनाएर पशुपालक व्यावसायीलाई ३ प्रतिशतमा सुलभ ऋण त्यो पनि परियोजना धितो रहने गरि ऋणको व्यावस्था गर्नुपर्छ ।

पशु बिमा सुलभ नहुनु
हाल सरकारले पशुको बिमाको लागि बिमा रकममा लाग्ने शुल्कको ८० प्रतिशत अनुदान दिने गरेको छ । तर यो सुविधाको लागि बिमा कम्पनिहरु गाँउ–गाँउमा जान तयार भएको पाइदैन । त्यसकारण बिमा कम्पनिहरु गाँउ जाने वातावरण तयार गरि सुलभ अनि सरल तरिकाबाट किसानले बिमा गर्न पाउने र बिमा क्षेतिपूर्तिको रकम सहज रुपमा पाउने व्यावस्था कडाइका साथ लागु गरिनुपर्छ । हाल पशु बिमाको नाममा केहि सहकारीहरुले गरेको बिमाको भर परेर पशुपालन फस्टाउन सक्दैन ।

कृषि कामदारको अभाव
हाम्रो देश श्रम निर्यात गर्ने देशको रुपमा चिनिए पनि यहाँ कृषि क्षेत्रमा काम गर्ने कामदारको अभाब रहेको छ । पशुपालन क्षेत्रमा काम गर्ने कामदारलाई सम्मानित रुपमा हेरिएको पाइदैन । त्यस कारणले सरकारले देशमा अति आवश्यक पर्ने जनशक्तिको लागि प्राविधिक शिक्षालय मार्फत छोटो अवधीको तालिम दिएर दक्ष जनशक्ति तथा कामदार तयार गर्नुपर्छ ।

दक्ष प्राविधिकको कमी
देशको अधिकांश जनता कृषिमा आश्रित रहे पनि देशमा न्यून उत्पादन हुने दक्ष जनशक्ति समेत विदेश पलायन हुने अवस्था रहेको छ । भएको जनशक्तिमा समेत नयाँ–नयाँ सिप प्रविधिको विकास नहँुदा कृत्रिम गर्भाधान, भूर्ण प्रत्यारोपण, अप्रेशन, रोग–निदान जस्ता कार्यको लागि ग्रामिण स्तरमा पहुँच रहेको छैन् । त्यति मात्र होइन यहाँ पशुबस्तुको लागि अति महत्वपूर्ण मानिएको खोप ,औषधीहरु समेत उपलब्ध हुन् सकेको छैन । यसतर्फ ध्यान दिनुपर्छ ।

प्रशस्त जमिनको अभाब
गाँउघरमा हाल अधिकांश जमिनहरु खालि रहेको भए पनि स्वामित्व फरक–फरक व्यक्तिको हुँदा अलि–अलि जमिन उपलब्ध हुने भने जस्तो जमिनको उपयोग गर्न दिन जग्गा धनिहरु तयार नहुने हुनाले पशुपालन गर्न प्रशस्त जमिन पाउन सकिदैन । जसको कारणले व्यावसाय बिस्तार गर्न समस्या हुने गरेको पाइन्छ । यसको लागी सरकारले स्थानिय निकायलाई भुमि बैंकको स्थापना गर्न प्रोत्साहन दिएर चक्लाबन्दी गरि एक गाँउ एक उत्पादन लाई प्रोत्साहन गर्नपर्छ ।

उचित बजारको पहुच नहुनु
हाल देशमा अधिकांश कृषि बस्तुको आयात हुने गरेको पाइन्छ । हामीकहाँ कोदो देखि मासु सम्म केहि पनि आफ्नो उत्पादनले उत्पादन पुग्दैन तर पनि उत्पादनले बजार नपाएर फाल्नुपर्ने अवस्था समेत बेला–बेला देखा परेको छ । यसको मूलकारण नै बजारमा बिचौलियाहरुको उपस्थितले गर्दा बजार व्यवस्थित नभएको कुरालाई आधार मानेर स्थानीय सहकारीले बजार व्यवस्था गर्ने गरी एक गाँउ उत्पादन गरी बजारको लागि सरकारले न्यूनतम आधार मुल्य कायम गरिदिनुपर्छ ।

उत्पादकको लागतको आधारमा मुल्य नहुनु
नेपालमा हालसम्म पनि पशु बस्तुको न्यूनतम मुल्य तोक्ने व्यावस्था नहुनाले किसानहरुले उत्पादन गरेको बस्तु बजारमा बिचौलियाहरुले तोक्ने अवस्था रहेको हुनाले पशुपालक व्यावसायीहरु व्यापारीको भर पर्नुपर्ने अबस्था रहेको छ । यसको लागि स्थानिय व्यावसायीहरुको मुल्य श्रृङखलामा समाबेस गराएर उपभोक्ता अनि उत्पादकलाई जोड्न सके मात्र व्यावसायीहरु सफल हुनेछन् ।

सरकारी सेवा प्रोत्साहन मुखी नहुनु
नेपालमा सरकारी सेवा दिने निकायहरुमा व्यावसायीहरुका लागि प्रोत्साहन गर्ने खालको कर्मचारी तथा नीति नहुनु पनि पशुपालन व्यावसायी सफल नहुनुको एक कारण हो । जब सम्म पशुपालन गर्ने व्यावसायीको गोठ मै निशुल्क सेवा जस्तै कृत्रिम गर्भाधान, उपचार, रोग–निदान, आहारा विकास, पुरस्कार, अनुदानको प्रस्ताव लेखन जस्ता पुग्ने अबस्था आउदैन तब सम्म व्यावसायीहरु सफल हुदैनन् ।

यान्त्रिकरण गर्न अति खर्चिलो हुनु
नेपालमा भौगोलिक हिसाबले पनि धेरै खालका यान्त्रिक उपकरणहरु प्रयोगमा ल्याउन सकिदैन तर पनि केहि सकिने खालका उपकरणहरु जस्तै ः च्याफकटर, हाते ट्याक्टर, थ्रेसर , हार्बेस्टर लगायतका उपकरणहरु नेपालमा हालको बजार मुल्य अति महँगो परेको पाइन्छ । तर तिनको अन्तराष्ट्रिय बजारमा मुल्य हेर्दा अति सस्तोमा पाउन सकिन्छ । त्यसकारणले गर्दा नेपाल सरकारले ति समानहरुको भन्सार शुन्यमा आयात गर्न दिएर नेपाली व्यावसायीहरुलाई यो व्यावसायमा प्रोत्साहित गर्नुपर्दछ ।

पशुपालन पेशा व्यावसायिकरण नहुनु
हाम्रो देशमा हालसम्म पनि पशुपालन व्यावसाय निर्वाहमुखी मात्र रहेको छ । त्यसकारण यो पेशा व्यावसायिक जबसम्म हुन सक्दैन तब सम्म यो पेशाबाट आम्दानी लिन सकिँदैन । त्यसकारण हरेक पशुपालक ब्याबसायीले आफ्नो फर्मको हरेक रेकर्ड हरेक किसिमले राख्नु पर्छ । जसले गर्दा फर्मको वास्तविक अवस्थाको बारेमा जानकारी प्राप्त हुन्छ । जसको कारणले गर्दा नेपालमा वास्तविक उत्पादन लागतको बारेमा जानकारी लिन सकिन्छ । अनि मात्र लाभ लागतको कुरा बुझ्न सहज हुन्छ ।

समाजमा कृषि अनुदानलाई हेर्ने दृष्टिकोण नकारात्मक हुनु
हाल हाम्रो समाजमा आजकल फर्म खोल्ने र ति फर्महरु विभिन्न कारणले धरासायी हुदै जाने गरेको उदाहरणहरुको कारणले गर्दा व्यावसायिक फर्महरु अनि कृषि अनुदान ल्यायो अनि अनुदान खायो भन्ने नकारात्मक संदेशहरुले गर्दा समाजमा अनुदानप्रति नकारात्मक रहेको हुनाले सो कुराको निवारणको लागि उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गरिनुपर्दछ ।

उत्पादनका आधारमा अनुदान दिने वैज्ञानिक व्यवस्था नहुनु
हाल दिने अनुदानले न त कृषिको विकास गर्छ न हाम्रो कृषिको व्यावसायिक हुन् सक्छ । अबको अनुदान उत्पादनको आधारमा दिनु वैज्ञानिक हुन्छ । यसको लागी ब्याज अनुदान बिमा अनुदान दुधमा अनुदान, मासुमा अनुदान दिने व्यावस्था गर्नुपर्छ ।

 

पशुहरुको उन्नत नश्ल सम्बन्धि अनुसन्धान नहुनु
हालसम्म पनि कुन जातको पशु हाम्रो लागि ठिक हुन्छ या सफल हुन्छ भने कुराको अनुसन्धान नहुनु देशमा कृषिमा रकम अति कम छुट्टिनु त्यसमा पनि अनुसन्धानको लागि खास महत्व दिइएको पाँइदैन् । जबसम्म राज्यले प्राथामिकतामा राखेर यो वास्तविक अनुसन्धानमा ध्यान दिँदै तबसम्म केहि उपलब्धि हुने छैन् । बिना अनुसन्धान हालको जस्तो जसले जे पायो त्यो ल्याउन पाउने निकायले गर्दा देशमा कुन दिन ठुलो समस्या निम्त्याउनेछ यसको लागि सचेत हुनु जरुरी देखिन्छ ।

 

देशमा आवश्यक पर्ने पशु जन्य उत्पादनको अधिक माग हुँदाहँुदै पनि कतिपय ठाँउमा उत्पादन बिक्रि नभएर फाल्नुपर्ने अवस्था रहेको छ । हामीले उत्पादित वस्तुलाइ सिधै बिक्रि गर्ने गरेको पाइन्छ, जसले गर्दा बिचको बिचौलियाहरुले अधिक आम्दानी गर्ने गरेको पाइन्छ । यसको समाधानको लागि स्थानीय स्तरमा सहकारीको माध्यमबाट संकलन केन्द्र खोल्ने र विक्रि गर्न सके उत्पादन गर्ने किसानले सहि मुल्य पाँउन सक्छन् । कुनै पनि व्यावसाय सुरु गर्नु भन्दा अगाडी बजारको अवस्था प्राविधिक ज्ञान अनि पशुवस्तुको लागि आवश्यक पर्ने आहारा अनि त्यसको बैकल्पिक श्रोत व्यवस्थापन गर्नुपर्छ । आफुले सुरु गर्ने व्यावसायको अवसर, समस्या, चुनौती अनि जोखिमको मुल्याङकन गरेर मात्र पशुपालन व्यावसाय सुरु गर्नुपर्छ । नत्रभने लहै–लहैमा व्यावसाय सुरु गर्दा असफलता हात लाग्न सक्छ ।

लेखक अर्याल गल्याङ नगरपालिका स्याङ्जाका पशु सेवा शाखाका प्रमुख समेत रहेका छन्, उनले नेपालमा रहेका विभिन्न सम्भावनालाई आफ्ना लेखमार्फत प्रस्तुत गर्ने गरेका छन्, उनी नमुना बाख्रा गाँउ अभियानका समेत संयोजक हुन् । उनी स्याङजा जिल्ला लगायत विभिन्न जिल्लाहरुका युवाहरुलाई बाख्रापालनमा कसरी सफल बन्ने भन्ने विषयमा समेत सत्य तथ्य कुराहरुको जानकारी गराउने प्रयासमा समेत निरन्तर रुपमा लागिरहेका छन् ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...