CG Electronics
IME Life
NIMB

टिभिएस इलेक्ट्रिक स्कुटर बजारमा

NIMB
Himalayan Bank

 

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले मंगलबार बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब नाडा अटो शोमा लन्च गरेको छ ।

टिभिएस मोटरको अटल र भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युबले क्लास–लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्दछ जुन बलियो इन–हाउस परीक्षणद्वारा प्रमाणित गरिएको छ ।

लन्चमा बोल्दै टिभिएस मोटर कम्पनीका डिरेक्टर र सीईओ केएन राधाकृष्णनले टिभिएस मोटर्स सँधै नयाँ प्रविधिहरू अपनाउन अगाडि रहँदै आएको बताए । टिभिएस आईक्युबमा कनटेम्पोररी लुक र उत्कृष्ट निर्माण गुणस्तर रहेको कम्पनीले जनाएको छ । ग्राहकहरुले ५ आकर्षक कलर भेरियन्टबाट आफ्नो स्टाइल अनुसार एउटारङ छनोट गर्न सक्नेछन् । आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरू डिजाइन गरिएका छन् ।

सहज ५–वे जोइस्टिकको साथमा ७ इन्चको टि।एफ।टि क्लस्टरले इन्ट¥याकसन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसन लगाएतका सुविधाहरु प्रदान गरेको छ । ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गर्दछ । साथै यु।एस।बि चार्जिङ पोर्टले सवारीका लागि अधिकतम सुविधा दिन्छ । लामो र चौडा सिटले व्यक्तिगत तथा पारिवारिक दुवै प्रयोगका लागि सहज भएकाले आईक्युबलाई व्यावहारिक विकल्प बनाएको छ ।

शक्तिशाली ४।६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आईक्युबले ७८ कि।मि प्रतिघण्टा को टप स्पीड दिनुका साथै मात्र ४।२ सेकेन्डमा ०–४० कि।मि प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ । टिभिएस आईक्युबमा कुल ३।४ किलोवाट आवर क्षमताको एडभान्सड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याकहरू रहेका छन् । यो एक इन्टेलिजेन्ट इन–हाउस बि।एम।एस ९ब्याट्री व्यवस्थापन प्रणाली० सँग आउँदछ जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्दछ।

४।५ घन्टामा ०–८०५ सम्म चार्जिङ टाइम रहेको टिभिएस आईक्युब ६५० वाटको पोर्टेबल क्यारी चार्जरको साथ आउँदछ । साथै कुनै पनि ५ यम्पीयर घरेलु सकेटको साथ प्रयोग गर्न सकिने यस स्कुटरको ब्याट्री घरमै चार्ज गर्न धेरै सुविधाजनक र किफायती हुनेछ। पावर र ईको मोडले राइडरलाई रेन्ज अथवा परफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ । रियरमा हाइड्रोलिक ट्वीन ट्युब शक एब्जर्बर र अगाडि टेलिस्कोपिक सस्पेन्सनले कुनै पनि भूभागमा बलियो सन्तुलन र आरामदायीता सुनिश्चित गर्दछ ।

टिभिएस आईक्युब नयाँ युगको प्रविधि र स्मार्ट सुविधाहरूका साथ भरिपूर्ण छ । टिभिएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा नेभिगेसन प्रणाली, टेलिमेटिक्स युनिट, एन्टी–थेफ्ट, जियोफेन्सिङ सुविधाहरू, क्र्यास÷फल अलर्ट जस्तै सुविधाहरू आएका छन् । कुनै पनि स्मार्ट फोनलाई टिभिएस आईक्युब एपसँग कनेक्ट गरेर स्कुटरको ब्याट्री स्टाटस, र अन्य अवस्थाहरू जाँच गर्नुको साथै म्युजिक कन्ट्रोलको सुविधा पनि रहेको छ ।

एलेक्सा स्किलसेट मार्फत जानकारी लिन भ्वाइस एसिस्टहरूको प्रयोग गर्न सकिन्छ । प्लेटफर्मले ड्यासबोर्डमा दिइएका एक्टिभ समयमै सर्भिस अलर्टहरुले सवारी साधनको अवस्थाको बारेमा जानकारी दिन्छ । यस स्कुटरले आगमन कल र एसएमएस अलर्ट मात्र होइन, सामाजिक सञ्जालका एपका नोटिफिकेसनहरू समेत प्रदान गर्दछ ।

प्रिमियम सुविधाहरूसहितको टिभिएस आईक्युब एस पहिलो १ हजार ग्राहकहरूका लागि ४ लाख २९ हजार ९०० को आकर्षक मूल्यमा उपलब्ध छ । भृकुटीमण्डपमा मंगलबारबाट सुरू भएको नाडा अटो शोमा सार्वजनिक गरिएको यस टिभिएस आईक्युबको बारेमा विस्तृत जानकारीका लागि टिभिएसको स्टल नं। ११ मा गएर हेर्न सकिनेछ ।

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको प्रेरणादायी यात्रा

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:२६

काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — विश्वका सबैभन्दा ठूला...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...