CG Electronics
IME Life
NIMB

नेपाल छाला जुत्ता उत्पादक संघको १३ वार्षिक साधारणसभा भव्यरुपमा सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघको १३ वार्षिक साधारणसभा आइतबार होटल एल्लो पगोडामा सम्पन्न भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्ष हरीराम बोगटीको अध्यक्षतामा भएको साधारणसभाको प्रमुख अथिति बागमती प्रदेश पर्यटन संस्कृति तथा सहकारी मन्त्री पुकार महर्जनको रहेको थियो ।

सभालाई सम्बोधन गर्दै मन्त्री महर्जनले पुख्र्यौली छाला उद्योग व्यवसायलाई राज्यले विशेष रुपमा हेर्नु पर्ने बताएका छन् । नेपाल छाला जुत्ता संघले आफ्नो उद्योग व्यवसायलाई संरक्षण गरी व्यवसायमा विस्तार गर्न राज्यालाई दबाब दिइरहनु पर्ने मन्त्री महर्जनले बताए ।

त्यसै गरी नेपाल छाला जुत्ता उत्पादक संघका अध्यक्ष हरीराम बोगटीले नेपाली छाला जुत्ता बलियो र आकर्षक डिजाइन भएको बताए । पुख्र्यौली छाला जुत्ताको व्यवासयी उत्पादन गर्न तालिम र बजारीकरणमा राज्यले जोड दिनु पर्ने संघका अध्यक्ष हरीराम बोगटीले सुनाए ।
सभामा संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

साधारणसभाको विशेष अथिति नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहको रहेको थियो । सभामा घरेलु तथा साना उद्योग विभागका प्रमुख मेघनाथ रिजाल, राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुकुटी, नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदस्य सन्तोष पाण्डे, नेपाल छाला जुत्ता उत्पादक संका पूर्व अध्यक्ष एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य रामहरी तलाङ्गे लगायतको उपस्थिति रहेको थियो ।

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...