CG Electronics
IME Life
NIMB

एनआरएनए आइसीसी चुनावमा डेलिगेट्स प्रथा हटाउने अध्यक्ष प्रत्याशी आरके शर्माको घोषणा, क्यानडामा बृहत अन्तरक्रिया

NIMB
Himalayan Bank

 

क्यानडा(टोरेन्टो) । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष प्रत्याशी राजेन्द्रकुमार शर्माले आइसीसीमा निर्वाचनमा हुने डेलिगेट्स प्रथा २ वर्ष पछाडि हटाउने घोषणा गरेका छन् ।

एनआरएनए एनसीसी क्यानडाले गरेको अन्तरक्रिया कार्यक्रममा शर्माले अहिलेको डेलिगेट्स प्रणालीले समस्या निम्ताएको भन्दै २ वर्षपछि हुने निर्वाचनमा सम्पूर्ण पञ्जिकृत सदस्यबाट केन्द्रीय नेतृत्व चुनिनुपर्ने पक्षमा आफू रहेको बताए ।

 

“एनआरएनए नेतृत्व चयन विदेशमा बस्ने सबै नेपालीबाट गराउनुपर्छ भन्ने मेरो सोचाइ हो,”शर्माले क्यानडामा आयोजित कार्यक्रममा भने,“डेलिगेट्स प्रणालीले संस्थामा समस्या ल्याएको छ,त्यसको सुधार गर्न सबैले सदस्यले भोट हाल्ने व्यवस्था अध्यक्ष भएपछि लागू गर्छु।”

 

शर्माले आफू बशंजको नागरिकता निरन्तरताको पक्षमा रहेको निरन्तर त्यो पक्षमा लाग्ने प्रतिबद्धता क्यानडाका अभियन्तासँग गरेका छन् ।

“गैरआवासीय नागरिकता लामो समयपछिको निरन्तर लबिङपछि आएको एउटा उपलब्धि हो,”शर्माले भने,“यसले हामीलाई नेपालमा सम्पत्तिको सुरक्षा दिएको छ,यद्यपि वंशजको नागरिकताको लागि म निरन्तर लाग्ने छु।”

 

शर्माले अध्यक्षको रूपमा आफूले आर्थिक मुद्दालाई प्राथमिकता दिएको भन्दै गैरआवासीय अभियानलाई आर्थिक मुद्दालाई लैजानेमा जोड दिने बताए । “विदेशमा काम गर्न आएका सानो रकम बचत गर्ने नेपालीको पैसा भविष्यको लागि बचत हुने गरेर प्राधिकरण बनाउने योजना मेरो छ,”शर्माले आफ्नो एजेन्डा प्रस्तुत गर्दै भने,“सो प्राधिकरणबाट देश विकासमा लगानी गर्ने स्पष्ट योजना बनाएको छु।

 

”शर्माले रेमिट्यान्स रकमलाई सामूहिक लगानी प्राधिकरण बनाउने र त्यसमा सरकारले प्रोत्साहन स्वरूप २ प्रतिशत रकम दिने सो रकम ऊर्जा लगायतका विकास निर्माणमा लगाउने योजना आफ्ना एजेण्डामा राखेका छन् । अहिले वार्षिक रूपमा आउने रेमिट्यान्स १० प्रतिशतमात्र प्राधिकरणमा राख्दा एक खर्ब २० अर्ब रुपैयाँको स्रोत जुट्ने छ ।

शर्माले गैरआवासीय अभियान एकताबद्ध बनाउन आफू निरन्तर लागेको जानकारी दिए । शर्माले आफ्नो पहलमा विभाजन भएको एनआरएनए अभियानलाई एकताको सम्झौता गराएको र त्यसको आधारमा अगाडि बढ्नुपर्ने बताए ।

नेपालको विकास र गैरआवासीय नेपालीको हकहितको लागि आफूले सबै राजनीतिक दलसँग सहकार्य गरेको शर्माले बताए ।

“व्यक्तिगत रूपमा म कुनैपनि राजनीतिक दलको सदस्य छैन,”शर्माले भने,“सबै राजनीतिक दलसँग नेपालीको हकहितको लागि काम गरेको छु,सबै दलप्रति मेरो सम्मान छ ।”

क्यानडा जस्ता विकसित देशमा विज्ञको रूपमा रहेका गैरआवासीय नेपालीलाई नेपालको विकासमा जोड्न योजना आफूले अगाडि सारेको योजना शर्माले दिए । “विकसित देशहरूमा विज्ञको रूपमा कार्यरत गैरआवासीय नेपालीलाई नेपाल सरकार र सम्बन्धित मन्त्रालयमा जोड्नुपर्ने छ,”शर्माले थपे,“हामीले जानेको सिप अब नेपालको विकासको लागि आवश्यक छ।” यसबाहेक विज्ञहरूको सहयोगमा नेपालमा २० वर्षको जबको म्यापिङ गर्ने सो अनुसारको दक्ष जनशक्ति उत्पादनमा जोड दिएको शर्माले बताए

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत खर्च र १६ खर्ब राजस्व लक्ष्य पूरा गर्न जुट्न आग्रह

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:२४

  काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन,...

वि.सं.२०८३ साउन ३ आइतवार १०:२२

  काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...