CG Electronics
IME Life
NIMB

सूर्य नेपाल इस्टर्न ओपन सुरु, शुक्रलाई एक स्ट्रोकको अग्रता

NIMB
Himalayan Bank

 

धरान । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन सुरु भएको छ । पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राई ३–अन्डर ६७ को स्कोरमा शीर्षस्थानमा रहे ।

डिफेन्डिङ च्याम्पियन शुक्रले धरानका अर्का गल्फर नीरज तामाङलाई १८ होलको समाप्तिमा १ स्ट्रोकले पछि पारेका हुन् । २–अन्डर ६८ सहित तामाङ दोस्रो स्थानमा छन् ।
एमेच्योरद्वय युवराज भुजेल र पदम हाङ संयुक्तरुपमा तेस्रो स्थानमा रहे । उनीहरूले १–अन्डर ६९ स्कोर गरे । पूर्व नम्बर एक गल्फर भुवन नगरकोटी इभन–पार ७० सहित पाँचौ स्थानमा र १–ओभर ७१ स्कोरमा रामे मगर छैटौं स्थानमा छन् ।

स्थानीय प्रो सबिन सापकोटा र देवराज पाख्रीनले २–ओभर ७२ सहित संयुक्तरुपमा सातौं स्थान बाँडे । भेट्रान गल्फर दीपक मगर ३–ओभर ७३ सहित नवौं स्थानमा रहँदा धनबहादुर थापा र एमेच्योर गजेन्द्र गुरूङ संयुक्तरुपमा दशौं स्थानमा छन् ।

उनीहरूले ४–ओभर ७४ मा पहिलो दिनको खेल पुरा गरे ।
भारतीय गल्फ टुरमा २०२४ सिजनको लागि कार्ड जोगाएर फर्किएका शुक्रले बुधबार घरेलु कोर्स धरान गल्फ क्लबमा राम्रो सुरुवात गरे ।

५–पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गरे तर लगतै चौथो होलमा डबल बोगीको सामना गरे । यसपछि पाँचौदेखि सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ४–अन्डर ३२ मा सके । ब्याक नाइनमा उनले लय गुमाए । १३औं होलमा दिनको दोस्रो डबल बोगी खेपेका शुक्रले १२औं र १६औं होलमा एक–एक सट बचाए । तर १७औं होलको बोगीले ब्याक नाइन १–ओभर ३५ मा पुरा गरे ।

धरानका अर्का प्रो नीरज तामाङले पहिलो दिन दोस्रो स्थानमा खेल पुरा गर्ने क्रममा उत्कृष्ट सुरूवात गरे । तेस्रो, पाँचौ र नवौं होलको बर्डीले फ्रन्ट नाइन ३–अन्डर ३३ मा सके । यसपछि १४औं र १५औं होलमा लगातार दुई बोगी प्रहार गरे । १६औं होलको बर्डीले ब्याक नाइन १–ओभर ३५ मा पुरा गरे ।

एमेच्योर गल्फर युवराजले फ्रन्ट नाइन २–अन्डर ३४ मा पुरा गर्ने क्रममा तेस्रो र पाँचौ होलमा एक–एक सट बचाए । १२औं होलमा बर्डी प्रहार गरे । तर, १४औं १६औं होलको बोगीले ब्याक नाइन १–ओभर ३५ मा सके ।

अर्का एमेच्योर पदमले पहिलो, छैटौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे । तर, चौथो होलमा डबल बोगी र पाँचौ होलमा बोगी खेप्दा फ्रन्ट नाइन १–अन्डर ३५ मा सके । यसपछि १०औं र १८औं होलमा बर्डी प्रहार गरेका पदमले १४औं र १५औं होलमा एक–एक सट खेर फाले ।

तीन दिने ५४ होलको प्रतियोगितामा ३० प्रो र १७ एमेच्योर गल्फर गरी कुल ४७ जनाको सहभागिता छ । ३६ होलको समाप्तिमा कट लागु हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउने छन् । यो पटकदेखि एमेच्योर खेलाडीको हकमा भने प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन् ।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमशः ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन । प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ ।

पीजीए नेपालद्वारा आयोजित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन् । जसमा कुल ६५ लाख नगद पुरस्कार छ ।

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...