CG Electronics
IME Life
NIMB

एनआरएनएको विवाद छानबिन सरकारद्वारा समिति गठन

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनका क्रममा भएको भनिएका अनियमितताबारे छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ ।

गत असोजमा काठमाडौँमा आयोजित संघको ११ औं महाधिवेशनमा अनलाइनबाट गराइएको निर्वाचनमा योजनाबद्ध रुपमा धाँधली गरिएको भन्ने उजुरीहरु परेको तीन महिनापछि सरकारले छानबिन समिति गठन गरेको हो ।

मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्ताको कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, लेखा हेर्ने उपसचिव तथा एक प्रहरी वरिष्ठ उपरीक्षक रहने गरी छानबिन समिति गठन गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले बताइन् । समितिलाई १५ दिनको म्याद दिइएको छ ।

११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको अनलाइन मतदानका क्रममा गम्भीर प्राविधिक त्रुटि भेटिएपछि दुई हप्ताभित्र छानबिन गरेर प्रक्रिया अघि बढाउने सहमतिविपरीत डा. बद्री केसी नेतृत्वको समूहले जबर्जस्ती शपथ लिएपछि संघ थप विभाजित बनेको थियो ।

अनलाइन मतदानमा अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेसन पद्धति प्रयोग गरी भएको मतदानमा अनलाइन सिस्टम नै कब्जा गरेको भन्दै अध्यक्षका प्रतिस्पर्धी महेशकुमार श्रेष्ठ र आरके शर्माले मत परिणाम अस्वीकार गर्दै बेग्लै अधिवेशन गरेका थिए । उनीहरुले शर्माको नेतृत्वमा अलग्गै कमिटी पनि गठन गरेका छन् ।

त्यस्तै १०औं महाधिवेशनबाट अलग भएका पूर्वअध्यक्ष शेष घले समर्थित कोरियाका विनोद कँुवरको नेतृत्वमा अलग्गै समिति क्रियाशील छ ।

 

एनआरएनए तीन समूहमा विभाजित हुँदा २०१३ को अक्टुवरमा १० बर्षको लागि परराष्ट्र मन्त्रालयमा दर्ता भएको संघ नवीकरण हुन सकेको छैन् । अक्टुवर १३, २०२३ देखि संघको आधिकारिकता सकिएको छ । परराष्ट्र मन्त्रालयले संस्था नवीकरण नगरी दिएको भन्दै बद्री केसी समूह सरकार विरुद्ध अदालत पुगेको छ भने आधिकारिकता बिना संस्थाको सम्पत्ति दुरुपयोग नगर्न शर्मा समूहले चेतावनी दिएको छ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...