Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

बजेट तारे होटलमा खर्च गर्ने होइन ग्रासरुटमा पुग्नुपर्छ : मन्त्री चौधरी

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले जनस्तरमा पुग्नेगरी बजेट बनाउनुपर्ने बताएकी छन् ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक अल्पसंख्यकका सवालमा ग्रासरुटमै कार्यक्रम पुग्नेगरी बजेट निर्माण गर्न मन्त्रालय मातहतका महाशाखाहरुलाई निर्देशन दिइन ।

आर्थिक वर्ष २०८१।०८२ को बजेट निर्माण गर्दा विगतको परम्परागत शैलीभन्दा फरक र प्रभावकारी हुनुपर्ने भन्दै मन्त्री चौधरीले मन्त्रालयको बजेट बढाउन आफु लागि परेको बताउँदै महिला, बालबालिका र ज्येष्ठ नागरिक, अपाङ्गताका क्षेत्रमा स्थानीय तहसम्मै पुग्नेगरी कार्यक्रम तयार गर्न निर्देशन दिइन ।

मन्त्रालयमा आयोजित प्रि बजेट छलफलमा बोल्दै चौधरीले मन्त्रालयका सबै शाखा प्रमुखलाई बोलाएर जनताको घरदैलोमा पुग्ने बजेट तयार पार्नुपर्ने बताइन ।

‘बजेट भनेको जनताको घरदैलोसम्म पुग्ने हुनुपर्छ । गोष्ठी, सेमिनार जस्ता तारे होटलमा खर्च गर्ने कार्यक्रम नबनाउनुस ।

दुरदराजमा रहेका जनताले प्रत्यक्ष अनुभव गर्ने बजेट आउनुपर्छ ।’ मन्त्रालयको बजेट सिलिङ बढाउन आफुले पहल गरिरहेको भन्दै चौधरीले कर्मचारीहरुले जनताको भावना बुझेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिइन ।

महिलाहरुलाई समुन्नत बनाउन आफुले छोरी आत्मनिर्भर कार्यक्रम ल्याउने तयारी गरेको र त्यसमा अर्थमन्त्री र प्रधानमन्त्रीले समेत चासो राखेको जनाउँदै देशका ७५३ वटै पालिकामा महिला मन्त्रालय पुग्ने जिकीर गरिन ।

एकअर्ब ५३ करोडको बजेटले सबै क्षेत्रमा काम गर्न नसकिने भएकोले नयाँ कार्यक्रम तयार पारेको भन्दै मन्त्री चौधरीले महिलाको हक–अधिकार संरक्षण र समतामूलक समाजको निर्माणका लागि विभिन्न कानुनी एवम् नीतिगत प्रयास भैरहेको पनि बताइन ।

राज्यले न्यायमा महिलाको पहुँच हुन नसक्नुका कारणहरूलाई उजागर गर्दै आवश्यक कानुनी तथा संरचनागत प्रयास गरिएको भन्दै मन्त्री चौधरीले जनताले फरकपन महसुश गर्ने गरि बजेट बनाउन सबै विभागीय प्रमुखलाई निर्देशन दिइन ।

उनले जनताबाट आएका सल्लाह सुझाव, सांसद तथा मन्त्रीहरुबाट आएका योजनाहरुलाई प्राथमिकीकरण गरी बजेट तर्जुमा गर्न निर्देशन दिइन ।

पाकिस्तानी संस्थाबाट स्नातक नेपाली पूर्वविद्यार्थीको भव्य भेला काठमाडौंमा सम्पन्न

पाकिस्तानी संस्थाबाट स्नातक नेपाली पूर्वविद्यार्थीको भव्य भेला...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १७:४१

  काठमाडौं । पाकिस्तानका शैक्षिक संस्थाबाट शिक्षा हासिल गरेका नेपाली...

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...