CG Electronics
IME Life
NIMB

नेपाल धितोपत्र बोर्डले ३२ औं वार्षिकोत्सव मनाउँदै

NIMB
Himalayan Bank

 

 

काठमाडौँ । २०८१ जेठ २५ नेपाल धितोपत्र बोर्डले शुक्रबार ३२ औं वार्षिकोत्सव मनाउँदै छ ।
बोर्डले एक सूचना जारी गर्दै ३२ औं वार्षिकोत्सवका अवसरमा विशेष कार्यक्रमसमेत आयोजना गर्दैछ ।

३२ औं वर्षमा प्रवेश गरेको अवसरमा धितोपत्र बोर्डले नेपाल धितोपत्र बोर्ड, वार्षिकोत्सव लेख विशेषाङ्क-२०८१ विशेषांक पनि सार्वजनिक गर्ने भएको छ।

नेपालको धितोपत्र बजारको नियमन र सुधार तथा विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम स्थापित नेपाल सरकारको पूँजीबजारको नियमन निकाय नेपाल धितोपत्र बोर्ड हो ।

नेपाल धितोपत्र बोर्डको स्थापना विसं २०४९ सालमा धितोपत्र कारोबार ऐन, २०४० लाई प्रथम संशोधन गरी धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षण गर्न सरकारले २०५० जेष्ठ २५ मा धितोपत्र बजारको नियमनकारी निकायको रूपमा भएको हो ।

साथै, यसले वस्तु विनिमय बजारको विकास तथा सञ्चालन, लगानीकर्ताको संरक्षण, वस्तुको कारोबार, राफसाफ तथा फस्र्योट र वेयर हाउस सञ्चालनसम्बन्धी व्यवसायलाई नियमन गर्न वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ जारी भएपश्चात् बोर्डमा वस्तु विनिमय बजारको नियमन गर्ने जिम्मेवारीसमेत पाएको छ ।

तत्कालिन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि पाँच महिनाभन्दा बढी समयदेखि धितोपत्र बोर्ड नेतृत्व विहिन अवस्थामा छ ।

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...