CG Electronics
IME Life
NIMB

जलवायु परिवर्तको असरले प्राकृतिक सम्पदाको विनास : मन्त्री राई

NIMB
Himalayan Bank

 

काठमाडौँ । संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्रकुमार राईले जलवायु परिवर्तनका कारण प्राकृतिक सम्पदामा ठूलो असर परिरहेको बताउनु भएको छ। । डिप्लोमा इन्जिनियर्स एशोसिएसन, नेपाल ९डिन०को ४४ औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री राईले जलवायु परिवर्तनको असर सतहमै पुगेको दाबी गर्नुभयो ।

‘पछिल्लो समय जलवायु परिवर्तनका कारण अच्चम्मका घटनाहरु घटिरहेका छन्, उहाँले भन्नुभयो ‘हिमालमा फल्ने फलफुल पहाडमा उत्पादन हुन थालेका छन् । हिमालमा हिउँको सतह घट्दै छ । गर्मी प्रत्येक बर्ष बढिरहेको छ, त्यसको असर बढ्दै गएको छ ।’ मन्त्री राईले सबै सजक भएर वातावरण जोगाउन जुट्न आग्रह गर्नुभयो।

कार्यक्रममा एमाले बाग्मती प्रदेश सभा सदस्य पूर्व योजना आयोगका उपाध्यक्ष डा।दिनेश चन्द्र देवकोटाले समाज रुपान्तरण गर्ने क्रममा डिप्लोमा इन्जिनियरिङको ठूलो भूमिका रहेको बताउनुभयो ।

पछिल्लो समय जलवायु प्रदुषणका कारण देशमा जमिनको बिग्रिदो अवस्था रहेको, बर्षायाम आए पछि डराउनुपर्ने अवस्था आएकोमा दुख व्यक्त गर्दै उहाले पुरानै अवस्थामा जमिनलाई ल्याउनको लागि वन विनासलाई कम गर्दै वातावरण संरक्षणमा जुट्न आह्रवान गर्नुभयो ।

अहिले विकास निर्माणमा चरम लाप्रवाहीका कारण विकास निर्माणका काम सुरु नहुँदै नष्ट हुने गरेको भन्दै उहाँले जलवायु परिवर्तनको कारणले खानेपानी, जलविद्युत क्षेत्रमा देशकै समग्र जिडिपी कम हुँदै गएको बताउनुभयो ।

वातावरणलाई सुरक्षित गर्नको लागि मुख्य रुपमा पानी, कृषि र वनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने, परम्परागत नभएर ग्रिन इकोनमीलाई प्राथमिकता दिनुपर्ने, छरिएको पुँजीलाई एकिकृत गर्नुपर्ने, सहकारी समस्या समाधान गर्नुपर्ने र जलविद्यूतको अवसरलाई उपयोग उहाँको जोड छ ।

पछिल्लो समय भारत र चीनबाट सिमानामा गर्ने उद्योगको विकासका कारण नेपालको वातावरणमा गम्भिर असर परेको भन्दै देवकोटाले आपसमा साँझेदारी गरेर समस्या समाधानमा जोड दिनुभयो ।

कार्यक्रममा डिप्लोमा इन्जिनियर्स एशोसियसन नेपाल ९डिन०का अध्यक्ष कामेश्वर प्रसाद सिंहले देशमा निर्माण हुने हरेक विकास निर्माणका कामहरु प्राकृति रुपमा नै सहज हुने गरी निर्माण गर्नुपर्नेमा जोड ििदनुभयो ।

प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै विकास निर्माणलाई दिगो बनाउने कुरामा डिनको भूमिकालाई थप प्रभावकारी बनाउनेमा यहाँको जोड थियो ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...