Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

जलवायु परिवर्तको असरले प्राकृतिक सम्पदाको विनास : मन्त्री राई

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्रकुमार राईले जलवायु परिवर्तनका कारण प्राकृतिक सम्पदामा ठूलो असर परिरहेको बताउनु भएको छ। । डिप्लोमा इन्जिनियर्स एशोसिएसन, नेपाल ९डिन०को ४४ औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री राईले जलवायु परिवर्तनको असर सतहमै पुगेको दाबी गर्नुभयो ।

‘पछिल्लो समय जलवायु परिवर्तनका कारण अच्चम्मका घटनाहरु घटिरहेका छन्, उहाँले भन्नुभयो ‘हिमालमा फल्ने फलफुल पहाडमा उत्पादन हुन थालेका छन् । हिमालमा हिउँको सतह घट्दै छ । गर्मी प्रत्येक बर्ष बढिरहेको छ, त्यसको असर बढ्दै गएको छ ।’ मन्त्री राईले सबै सजक भएर वातावरण जोगाउन जुट्न आग्रह गर्नुभयो।

कार्यक्रममा एमाले बाग्मती प्रदेश सभा सदस्य पूर्व योजना आयोगका उपाध्यक्ष डा।दिनेश चन्द्र देवकोटाले समाज रुपान्तरण गर्ने क्रममा डिप्लोमा इन्जिनियरिङको ठूलो भूमिका रहेको बताउनुभयो ।

पछिल्लो समय जलवायु प्रदुषणका कारण देशमा जमिनको बिग्रिदो अवस्था रहेको, बर्षायाम आए पछि डराउनुपर्ने अवस्था आएकोमा दुख व्यक्त गर्दै उहाले पुरानै अवस्थामा जमिनलाई ल्याउनको लागि वन विनासलाई कम गर्दै वातावरण संरक्षणमा जुट्न आह्रवान गर्नुभयो ।

अहिले विकास निर्माणमा चरम लाप्रवाहीका कारण विकास निर्माणका काम सुरु नहुँदै नष्ट हुने गरेको भन्दै उहाँले जलवायु परिवर्तनको कारणले खानेपानी, जलविद्युत क्षेत्रमा देशकै समग्र जिडिपी कम हुँदै गएको बताउनुभयो ।

वातावरणलाई सुरक्षित गर्नको लागि मुख्य रुपमा पानी, कृषि र वनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने, परम्परागत नभएर ग्रिन इकोनमीलाई प्राथमिकता दिनुपर्ने, छरिएको पुँजीलाई एकिकृत गर्नुपर्ने, सहकारी समस्या समाधान गर्नुपर्ने र जलविद्यूतको अवसरलाई उपयोग उहाँको जोड छ ।

पछिल्लो समय भारत र चीनबाट सिमानामा गर्ने उद्योगको विकासका कारण नेपालको वातावरणमा गम्भिर असर परेको भन्दै देवकोटाले आपसमा साँझेदारी गरेर समस्या समाधानमा जोड दिनुभयो ।

कार्यक्रममा डिप्लोमा इन्जिनियर्स एशोसियसन नेपाल ९डिन०का अध्यक्ष कामेश्वर प्रसाद सिंहले देशमा निर्माण हुने हरेक विकास निर्माणका कामहरु प्राकृति रुपमा नै सहज हुने गरी निर्माण गर्नुपर्नेमा जोड ििदनुभयो ।

प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै विकास निर्माणलाई दिगो बनाउने कुरामा डिनको भूमिकालाई थप प्रभावकारी बनाउनेमा यहाँको जोड थियो ।

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत क्षेत्र अन्यौलमा छ, १८ महिनादेखि आइपीओ रोकियो : इप्पान अध्यक्ष कार्की

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत...

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:४८

  ६ फागुन, काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल...

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल विजयी

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३३

काठमाडौं । नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल...

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाकको...

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु पर्दैन : मन्त्री पौडेल

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२९

काठमाडौं । बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त...

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२१

  काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले चितवन स्थित...

युकेको युनिभर्सिटी अफ सन्डरल्यान्डका लागि इन्लाइटनद्वारा विशेष सूचना सत्र आयोजना

युकेको युनिभर्सिटी अफ सन्डरल्यान्डका लागि इन्लाइटनद्वारा विशेष...

वि.सं.२०८१ फागुन ५ सोमवार १९:४७

  काठमाडौं । नेपाली विद्यार्थीहरूलाई युकेको उच्च शिक्षाबारे विस्तृत जानकारी...