CG Electronics
IME Life
NIMB

७३ औ मदन जयन्तीमा नेकपा एमाले काठमाडौं महानगर कमिटीको वृक्षारोपण

NIMB
Himalayan Bank

 

 

 

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीले तत्कालीन महासचिव ‘जननेता’ मदन भण्डारीको ७३ औँ जन्मजयन्ती वृक्षारोपण गरी मनाएको छ ।

मदन जयन्तीका अवसरमा महानगर कमिटीले ‘म्हेपी आजिमा मन्दिर’परिसरमा शुक्रबार विभिन्न नेताहरूको सहभागितामा कार्यक्रम गरेको हो ।

काठमाडौं महानगरपालिका १६ नम्बर वडाले व्यवस्थापन गरेको कार्यक्रममा एमालेका नेताहरूले विरुवा रोपे । साथै नेताहरूले मदन भण्डारीको योगदानलाई स्मरण गरे ।

कार्यक्रममा नेकपा एमाले नेता तथा प्रतिनिधिसभा सांसद रघुजी पन्तले विश्वभरि कम्युनिस्ट आन्दोलन कस्तो हुने भन्ने चर्चा भइरहेको बेला भण्डारीले सिर्जनात्मक ढङ्गले नेपालको कम्युनिस्ट आन्दोलन उचाइमा पुर्‍याएको स्मरण गरे ।

‘‘मदन भण्डारीले समकालीन राजनीतिमा मार्क्सवाद र लेनिनवाद सिद्धान्तलाई तत्कालीन परिस्थितिअनुसार वैज्ञानिक ढङ्गबाट बुझेर त्यस अनुरूप लागू गर्नुभएको थियो । जनताको बहुदलीय जनबाद (जबज) र र मदन भण्डारी कम्युनिस्ट आन्दोलनले नेपाललाई दिएको उपहार हो । जसले मार्क्सवाद लेनिलबादलाई नेपाली भूमीमा नयाँ ढंगले लागु गर्ने सूत्रपात गर्नुभयो ’’ पन्तले स्मरण गरे ।

कार्यक्रममा एमाले नेता आनन्द पोखरेलले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन सङ्कटमा परेका बेला जनताको बहुदलीय जनवाद ९जबज०को नेपालमा आधारस्तम्भ निर्माण गरेको स्मरण गरे । उनले जबजजस्तो गतिशील विचार निर्माण गरेर भण्डारीले मार्क्सवादलाई नेपालको विशिष्टतामा लागू गरेको उल्लेख गरे ।

“भण्डारीले माक्सवार्दलाई नेपालको विशिष्टतामा लागू गर्न जबज सिद्धान्त बनाउनुभएको छ”, पोखरेलले भने, “एमालेले अहिले उहाँको विचार जबजलाई मार्गनिर्देशक विचारका रूपमा अँगालेको छ ।”

नेता पोखरेलले पूर्वनेता माधवकुमार नेपाल र एकीकृत समाजवादीलक्षित गर्दै जबज नमान्नेहरू एमालेबाट अलग भएर गएको बताए ।

कार्यक्रममा एमाले नेता रामेश्वर फुयाँलले राजनेता मदन भण्डारीको विचारबाट मुलुक बदल्न चाहेको दाबी गरे । मदनले प्रतिपादन गरेको जबजबाट सिर्जनात्मक ढङ्गले देशको परिस्थितिअनुसार प्रयोग गर्ने उनले बताए ।

‘‘हामी मदनको विचारधारा प्रचार गर्न चाहन्छौँ । जनताको मनमनमा पुर्‍याउन चाहन्छौँ । मुलुक रूपान्तर सम्भव छ । यसका लागि सिद्धान्त जनताको बहुदलीय जनबादबाट हुनेछ । मदन भण्डारी मार्क्सवाद दर्शनलाई जनताको बहुदलीय जनवाद ९जबज० परिणत गरेर व्यवहारमा प्रयोग गर्न सक्ने सफल दार्शनिक नेता हुनुहुन्थ्यो,’’ नेता फूँयालले भने, ‘‘ मार्क्सवादलाई सिर्जनात्मक ढङ्गबाट देशको परिस्थितिअनुसार कसरी प्रयोग गर्न सक्नुपर्दछ भन्ने कुरामा स्पष्ट दृष्टिकोण राख्ने र त्यसलाई व्यवहारमा लागू गर्न सक्ने उहाँ सक्षम नेता हो । यसलाई हामी व्यवहारमा लागु गर्न चाहन्छौँ ।”

एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले बिग्रिएको वातावरण सन्तुलनको लागि एमालेले वृक्षारोपण गरेको बताए । आफूहरू मदन भण्डारी जस्तै जनताको भावना बुझ्दै अघि बढ्ने बताए ।

उनले भने, “उहाँको विचार सम्झँदै हामी अघि बढ्नेछौँ । मदनको स्वभाव दूरदर्शी क्षमताका साथै जनताको भावना बुझेर उहाँ व्यवहारमा लागू गर्नुहुन्थ्यो । जननेता सबै हुँदैनन्, उहाँमा जननेता हुने गुण थियो । नेकपा एमालेका नेताहरु मदनको त्यो गुण पछ्याएर अघि बढी बढ्नेछन् । मानव जीवनलाई समृद्ध बनाउने उद्देश्यका साथ अघि बढ्नेछौँ ।’’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य नारायण सिलवाल, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य, एमाले काठमाडौं जिल्ला सचिव राजेश शाक्य, एमाले काठमाडौं जिल्ला उपाध्यक्ष विश्वराम सापकोटा, एमाले महानगर कमिटीका पूर्वअध्यक्ष निर्मल देउला र एमाले १६ नम्बर पार्टी अध्यक्ष जयप्रकाश श्रेष्ठ पनि थिए ।

कार्यक्रममा काठमाडौं महानगरपालिका १६ वडाका कार्यबहाक वडाध्यक्ष पुष्प महर्जनको पनि उश्थिती थियो । कार्यक्रममा एमाले महानगर कमिटी अध्यक्ष गणेश श्रेष्ठले वार्षिक योजना कार्यक्रम अनुसार वृक्षारोपण गरिएको बताए ।

अघिल्लो साल काठमाडौंको कालीमाटीको टंकेश्वर क्षेत्रको र विष्णुमती कोरिडोर टेकुमा वृक्षारोपण गरेको थियो । कार्यक्रम सञ्चालक एमाले महानगर कमिटी सचिव धनबहादुर महर्जन थिए ।

 

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...