CG Electronics
Ncell NPL
NIMB

महासभामा नेपालमा अभ्यास भइरहेको लोकतन्त्रबारे बुझाएको छु : प्रधानमन्त्री

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्ति गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी भइ स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग उनले बाढी पहिरोमा परि मृत्यु हुनेप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत पुर्याउने कार्यमा कमि नआउने बताएका हुन् ।

उनले भने, ‘म मुलुक बाहिर रहँदा देशमा अकल्पनीय बाढी पहिरोले जनधनमा क्षति पुर्यायो । सयौँ जनताको मृत्यु भयो । केही अझै बेपत्ता हुनुहुन्छ । सयौँ घाइते हुनुहुन्छ । म मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य जारी छ । सुझबुझ र धैर्यताको लागि देशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा धन्यवाद ज्ञापन गर्दछु ।

 

सरकार यहाँहरूकै हो । यस विपदको घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।’
यसको साथै, उनले संयुक्त राष्ट्रसंघको महासभामा नेपालमा अभ्यास गरिदै आएको परिपूर्ण लोकतन्त्र तथा यसका आधारभूत पक्षहरु मानव अधिकार, लैगिंक समानता, कानूनको शासन, सामाजिक न्याय र सामाजिक सुरक्षाको विषयमा प्रकाश पारेको बताए ।

 

पूर्णपाठ
म मुलुक बाहिर रहँदा देशमा अकल्पनीय बाढी पहिरोले जनधनमा क्षति पुर्यायो । सयौँ जनताको मृत्यु भयो । केही अजै बेपत्ता हुनुहुन्छ । सयौँ घाइते हुनुहन्छ । म मृतकहरू प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

 

सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य जारी छ । सुझबुझ र धैर्यताको लागि देशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा धन्यवाद ज्ञापन गर्दछु । सरकार यहाँहरूकै हो । यस विपदको घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।

 

संयुक्त राष्ट्रसंघको ७९औं महासभा तथा समिट अफ द फ्युचरमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहि असोज ४–१४ सम्म (तदनुसार सेप्टेम्बर २० देखि ३० सम्म) सहभागी भएँ । न्यूयोर्क (संयुक्त राज्य अमेरिका) को भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रतिनिधिमण्डलसहित म आज स्वदेश फर्केको छु ।

 

असोज ६ र ७ गते (तदानुसार सेप्टेम्बर २२ र २३) संयुक्त राष्ट्रसंघको मुख्यालयमा समिट अफ द फ्युचर सम्पन्न भयो ।

 

सेटेम्बर २२ मा अतिकम विकसित राष्ट्रहरुको समुहको अध्यक्षको हैसियतमा मैले त्यस समिटको मुख्य सत्रमा सम्बोधन गरेँ। मैले समिटले पारित गरेको ’प्याक्ट फर द फ्युचर, ग्लोबल डिजिटल कमप्याक्ट र डिक्लेरेसन्स अन फ्युचर जेनरेसन्स’लाई अतिकम विकसित राष्ट्रहरुको समुहले स्वागत गरेको उल्लेख गरे ।

 

सम्बोधनको क्रममा मैले यी सहमतिहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्ने सुझाव राखेको छु । जसबाट अतिकम विकसित राष्ट्रहरुले भोगी रहेको गरिबी, भोकमरी, असमानता एवं जलवायु परिवर्तन लगायतका समस्याहरुको पनि समाधान हुने विश्वास व्यक्त गरेको छु।

 

 

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...