CG Electronics
IME Life
NIMB

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट बीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौता

NIMB
Himalayan Bank

 

काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसी (बीआईआई) बीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौताले नेपालमा जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा सहयोग पुग्नेछ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री निश्चल राज पाण्डे र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक श्री एडमिर इमामीले यस सम्झौतामा हस्ताक्षर गरेका हुन्। यो साझेदारीले नेपालको उर्जा आवश्यकतालाई सम्बोधन गर्दै दिगो उर्जा स्रोतहरू परिचालन गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

सानिमा बैंकले यस साझेदारीमार्फत स्वच्छ उर्जा परियोजनाहरूलाई प्रवर्धन गरी स्थानीय समुदायहरूका लागि दीर्घकालीन सकारात्मक प्रभावहरू सिर्जना गर्ने दृष्टिकोण राखेको छ। यसले जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी प्रयासहरूमा पनि योगदान पुग्नेछ।

सानिमा बैंकले देशभर सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२६ वटा एटिएमहरु संचालन गरिरहेको छ। यस साझेदारीले बैंकको व्यापारिक क्षमतालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

माछापुच्छ्रे बैंकको नेतृत्व टोली थप बलियो, दुई वरिष्ठ अधिकारी पदोन्नति

माछापुच्छ्रे बैंकको नेतृत्व टोली थप बलियो, दुई...

वि.सं.२०८३ साउन ५ मंगलवार १०:११

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ...

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र एएफयूको अनुगमन, १५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रतिबद्धता

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र एएफयूको अनुगमन,...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५२

  चितवन। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि...

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले...

वि.सं.२०८३ साउन ४ सोमवार २२:५४

  काठमाडौं। विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित...

वि.सं.२०८३ साउन ४ सोमवार २२:४६

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका...

वि.सं.२०८३ साउन ४ सोमवार १२:१४

  काठमाडौं ।  सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा...