CG Electronics
IME Life
NIMB

प्रदर्शनमा आगजनी : पत्रकार सुरेश रजकको मृत्यु, मिडियामाथि हिंसात्मक हमला

NIMB
Himalayan Bank

 

काठमाडौं। कथित राजावादी समूहको प्रदर्शनको क्रममा काठमाडौंको तीनकुनेमा हिंसात्मक घटना घट्दा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ। प्रदर्शनकारीले निजी भवनमा आगजनी गर्दा समाचार संकलन गरिरहेका रजक जलेर निधन भएका हुन्।

यसै क्रममा अन्नपूर्ण पोष्ट दैनिकमा आगजनीको प्रयास, कान्तिपुर टेलिभिजनमा ढुंगामुढा हमला, तथा हिमालय टेलिभिजनको गाडी तोडफोड भएको छ। प्रेस चौतारी नेपालले सञ्चारमाध्यममाथि भएका यी आक्रमणहरूलाई गम्भीरताका साथ लिँदै कडा शब्दमा भर्त्सना गरेको छ।

पत्रकार सुरक्षामा गम्भीर खतरा

शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु नागरिक अधिकार भए पनि आन्दोलनको नाममा सञ्चारकर्मीमाथि हिंसा हुनु प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर हमला हो। प्रेस चौतारी नेपालले घटनाको निन्दा गर्दै दोषीहरूमाथि कडा कानुनी कारबाहीको माग गरेको छ।

प्रेस चौतारी नेपालको प्रतिक्रिया:

दोषीहरूलाई अविलम्ब कानुनी कारबाही गर्नुपर्ने

सञ्चारकर्मीहरूको सुरक्षाको प्रत्याभूति दिलाइनुपर्ने

प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारको अवरोध अस्वीकार्य

सरकारलाई आग्रह

नेपालको लोकतान्त्रिक गणतन्त्रलाई खतरामा पार्ने यस्ता अराजक गतिविधिहरूलाई सरकारले अविलम्ब निष्तेज गर्नुपर्नेमा प्रेस चौतारी नेपालले जोडदार माग गरेको छ। साथै, संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै, पत्रकारहरूको सुरक्षाको प्रत्याभूति दिन तथा समाचार संकलन, सम्प्रेषण र प्रकाशनमा अवरोध सिर्जना नगर्न सबै पक्षलाई अपील गरेको छ।

घटनाको पृष्ठभूमि

यो घटना आज बिहान ११ बजे काठमाडौंको तीनकुने क्षेत्रमा कथित राजावादी समूहको प्रदर्शनको क्रममा घटेको हो। प्रहरीले घटनास्थलमा कडा नियन्त्रण कायम गरेको छ भने अनुसन्धान अघि बढाएको छ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...