Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

प्रदर्शनमा आगजनी : पत्रकार सुरेश रजकको मृत्यु, मिडियामाथि हिंसात्मक हमला

Machhapuchchhre Bank Limited

 

काठमाडौं। कथित राजावादी समूहको प्रदर्शनको क्रममा काठमाडौंको तीनकुनेमा हिंसात्मक घटना घट्दा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ। प्रदर्शनकारीले निजी भवनमा आगजनी गर्दा समाचार संकलन गरिरहेका रजक जलेर निधन भएका हुन्।

यसै क्रममा अन्नपूर्ण पोष्ट दैनिकमा आगजनीको प्रयास, कान्तिपुर टेलिभिजनमा ढुंगामुढा हमला, तथा हिमालय टेलिभिजनको गाडी तोडफोड भएको छ। प्रेस चौतारी नेपालले सञ्चारमाध्यममाथि भएका यी आक्रमणहरूलाई गम्भीरताका साथ लिँदै कडा शब्दमा भर्त्सना गरेको छ।

पत्रकार सुरक्षामा गम्भीर खतरा

शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु नागरिक अधिकार भए पनि आन्दोलनको नाममा सञ्चारकर्मीमाथि हिंसा हुनु प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर हमला हो। प्रेस चौतारी नेपालले घटनाको निन्दा गर्दै दोषीहरूमाथि कडा कानुनी कारबाहीको माग गरेको छ।

प्रेस चौतारी नेपालको प्रतिक्रिया:

दोषीहरूलाई अविलम्ब कानुनी कारबाही गर्नुपर्ने

सञ्चारकर्मीहरूको सुरक्षाको प्रत्याभूति दिलाइनुपर्ने

प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारको अवरोध अस्वीकार्य

सरकारलाई आग्रह

नेपालको लोकतान्त्रिक गणतन्त्रलाई खतरामा पार्ने यस्ता अराजक गतिविधिहरूलाई सरकारले अविलम्ब निष्तेज गर्नुपर्नेमा प्रेस चौतारी नेपालले जोडदार माग गरेको छ। साथै, संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै, पत्रकारहरूको सुरक्षाको प्रत्याभूति दिन तथा समाचार संकलन, सम्प्रेषण र प्रकाशनमा अवरोध सिर्जना नगर्न सबै पक्षलाई अपील गरेको छ।

घटनाको पृष्ठभूमि

यो घटना आज बिहान ११ बजे काठमाडौंको तीनकुने क्षेत्रमा कथित राजावादी समूहको प्रदर्शनको क्रममा घटेको हो। प्रहरीले घटनास्थलमा कडा नियन्त्रण कायम गरेको छ भने अनुसन्धान अघि बढाएको छ।

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...