CG Electronics
IME Life
NIMB

मुलुक पछाडि फर्किन सक्दैन्, वंशको शासन ल्याउन असम्भव : अध्यक्ष नेपाल

NIMB
Himalayan Bank

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गतिर लग्लान् भनेको त लात्तीले हिर्काएर नर्कमा पठाइदिएछन् भन्दै व्यङ्ग्य गरेका छन् ।
शुक्रबार समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले सरकारलाई जनताको समस्यामा भन्दा पनि गीत गाउनमा मतलब भएको बताए ।

उनले भने, ‘सरकारलाई त गीत गाउनमात्रै मतलब छ । उसलाई त खाली म त ढलें, ढलें…अहिले हामीले ढालेकै छैनौं अनि किन ढलें ढलें भनेको त ? मति सप्रियोस्, बुद्धि फेरियोस् । प्रचण्डजीलाई पनि षड्यन्त्र गरेछन् स्वर्ग पनि, नर्क पनि सँगै जाने भनेर प्रचण्डजी त सोझो मान्छे, दंग पर्नुभएछ । अनि राती स्वर्गतिर लग्लान् भनेको त लात्तीले हिर्काएर नर्कमा पठाइदिएछन् । त्यस्तो षड्यन्त्रकारीलाई हामीले चिन्न नसक्नु कमजोरी हो । मलाई पनि फकाउन आएका थिए, प्रचण्डजीको अनुहार देखेपछि विश्वास लाग्यो । मिल्नुपर्छ भन्दा त केही भ्रममा प¥यौं ।’

त्यस्तै उनले आजको कार्यक्रम नेपालको राजनीतिमा एउटा कास्टिङ मात्रै भएको भन्दै मुलुक पछाडि फर्किन नसक्ने भन्दै प्रतिगामी शक्तिहरुलाई चेतावनी दिए ।

उनले भने,‘यो आजको कार्यक्रम नेपालको राजनीतिमा एउटा कास्टिङ मात्रै हो । प्रतिगामी शक्तिहरु होसियार, अब यो मुलुक पछाडि फर्किन सक्दैन । मुलुक राणातिर फर्कन सक्दैन् । अहिले संसारमा जनता सचेत भएका छन्, सार्वभौमसत्ता भएका छन् । अब जनता कसैको दासता स्वीकार गर्ने तयार छैनन् । इतिहास फेरी पछाडि जान सक्दैन, जान दिदैनौ । चुनौती दिन चाान्छौं देशमा वंशको शासन ल्याउन खोज्ने दुष्चेष्टा गर्छ भने उनीहरुले ठूलो मूल्यचुकाउनु पर्नेछ ।’

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...