Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नव वर्ष २०८२ शुभारम्भ, उत्साहका साथ मनाइँदै

Machhapuchchhre Bank Limited

 

काठमाडौं । आज नव वर्ष अर्थात विक्रम संवत् २०८२ साल वैशाख १ गते देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी उत्साहका साथ मनाइँदैछ ।

नेपालमा विक्रम संवत्ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ । त्यसअनुसार वैशाख १ गते नयाँ वर्षकोरुपमा मनाइँन्छ ।

आज सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको दिन अर्थात् मेष सङ्क्रान्तिका दिन नयाँ वर्षको पहिलो दिन मान्ने प्रचलन छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन्।

आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन्।

बैशाख १ गते नव वर्ष मान्ने चलन नेपालमा मात्र नभई भारत, बाङ्ग्लादेश र श्रीलङ्कासहित एशियाका केही अन्य देशमा पनि आजको दिन नयाँ वर्ष मनाइन्छ ।

सबैभन्दा धेरै कर तिर्ने नबिल बैंक सम्मानिते

सबैभन्दा धेरै कर तिर्ने नबिल बैंक सम्मानिते

वि.सं.२०८२ वैशाख १ सोमवार १९:५४

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई...

प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति, सात कम्युनिष्ट योद्धालाई सम्मान गरिने

प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति, सात कम्युनिष्ट योद्धालाई...

वि.सं.२०८२ वैशाख १ सोमवार १९:४३

  काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनसँग...

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको...

वि.सं.२०८२ वैशाख १ सोमवार १३:०३

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षमा नयाँ...

अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरु सम्मानित र सुरक्षित हुनुपर्छ : अर्थमन्त्री

अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरु सम्मानित र सुरक्षित...

वि.सं.२०८१ चैत २९ शुक्रवार १६:१८

  काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय श्रम...

यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आज फलफूल तथा तरकारीको थोक...

वि.सं.२०८१ चैत २६ मंगलवार १०:२०

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

प्रहरीको ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त

प्रहरीको ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त

वि.सं.२०८१ चैत ४ सोमवार २२:५५

काठमाडौं । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजिपी) मा दीपक थापा...