Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली

Machhapuchchhre Bank Limited

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षमा नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्ने बताएका छन् ।

नयाँ वर्ष २०८२ को सम्पूर्णमा शुभकामना दिदैँ कठिनाइहरुका वावजुद हासिल गरेका उपलब्धिहरुलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने बताएका हुन् ।

‘नयाँ वर्षमा हामी नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्छाै । यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु ।

अनेकौं कठिनाइहरुका वावजुद हामीले हासिल गरेका उपलब्धिहरुलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने छौं भन्ने विश्वास लिएको छुु,’ उनले भने ।

उनले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा सङ्कल्प रहेको भन्दै आकाङ्क्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर नपुग्ने बताए ।

उनले भने, ‘राष्ट्रको साझा आकाङ्क्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौं । राष्ट्रको साझा गन्तव्य प्राप्त गर्न हामीमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक छ ।

सबै दिदीबहिनी दाजुभाइहरुमा नयाँ वर्षले नयाँ संकल्प पैदा गर्ने छ भन्ने आशा गरेको छु ।’
उनले मुलुकमा विकास केवल सपना नभई यथार्थ बनिरहेको बताए । ग्रामीण भेगहरूमा पुगिरहेको पूर्वाधार, यसले जनजीवनमा पर्न थालेको प्रत्यक्ष सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा भएका सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि रहेको प्रधानमन्त्री ओली बताउछन् ।

सबैभन्दा धेरै कर तिर्ने नबिल बैंक सम्मानिते

सबैभन्दा धेरै कर तिर्ने नबिल बैंक सम्मानिते

वि.सं.२०८२ वैशाख १ सोमवार १९:५४

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई...

प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति, सात कम्युनिष्ट योद्धालाई सम्मान गरिने

प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति, सात कम्युनिष्ट योद्धालाई...

वि.सं.२०८२ वैशाख १ सोमवार १९:४३

  काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनसँग...

नव वर्ष २०८२ शुभारम्भ, उत्साहका साथ मनाइँदै

नव वर्ष २०८२ शुभारम्भ, उत्साहका साथ मनाइँदै

वि.सं.२०८२ वैशाख १ सोमवार १२:४१

  काठमाडौं । आज नव वर्ष अर्थात विक्रम संवत् २०८२...

अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरु सम्मानित र सुरक्षित हुनुपर्छ : अर्थमन्त्री

अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरु सम्मानित र सुरक्षित...

वि.सं.२०८१ चैत २९ शुक्रवार १६:१८

  काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय श्रम...

यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आज फलफूल तथा तरकारीको थोक...

वि.सं.२०८१ चैत २६ मंगलवार १०:२०

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

प्रहरीको ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त

प्रहरीको ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त

वि.सं.२०८१ चैत ४ सोमवार २२:५५

काठमाडौं । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजिपी) मा दीपक थापा...