Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति, सात कम्युनिष्ट योद्धालाई सम्मान गरिने

 

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनसँग र केही राष्ट्रिय राजनीतिसँग जोडिएका विषयहरुमा छलफल गरेको छ ।

सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बैसाख ९ गते आफ्नो पार्टी स्थापनाका दिन सात जनालाई यो वर्षको कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनले भने, ‘बैठकमा केही पार्टीको आन्तरिक जीवनसँग जोडिएका र केही राष्ट्रिय राजनीतिसँग जोडिएका विषयहरुमा छलफल गरेका छौं । आगामी बैसाख ९ गते पार्टी स्थापनाको ७६ वर्षगाँठ सम्पन्न भएर ७७ औँ वर्षगाँठलाई भव्य रुपमा मनाउने तयारी गरेका छौं ।

त्यसमार्फत नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उर्जा, शक्ति, सामथ्र्य र नयाँ दिशाका साथ अगाडि बढाउने हामीले संकल्प गर्ने छौं । विगत वर्षमा जस्तै हामीले कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने केही विशिष्ट व्यक्तित्वहरुलाई कम्युनिष्ट योद्धाको हिसावले सम्मान गर्ने निर्णय बैठकमा गरेका छौं ।

त्यसअन्र्तगत लालबहादुर विश्वकर्मा कञ्चनपुर, रत्नशर्मा न्यौपाने जाजरकोट, शोभाराम बस्नेत दाङ, बाचस्पति देवकोटा गोरखा, शान्ता मानवी काठमाडौं, शत्यनारायण मण्डल सप्तरी र हरिचरण सिवाकोटी झापालाई यो वर्षको कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय भएको जानकारी गराउन चाहन्छु ।’

साथै माओवादी अध्यक्ष प्रचण्डले आइतबार चितवनमा नयाँ वर्षसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्ति एमालेले खारेज गरेको छ ।

ज्ञवालीले भने, ‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ । यो सरकार बाहिर हुँदाको एक खालको कुण्ठा र पीडाबोध प्रकट हुन्छ । अहिले सरकार परिवर्तन न कतैबाट सम्भव र सान्दर्भिकता छ न औचित्य छ ।

राष्ट्रिय राजनीतिको अरु यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरामात्र गर्नु भनेको सत्तामोह बाहेक अरु केही पनि होइन । त्यसले भ्रम सिर्जना गर्ने कोसिस भएको छ त्यसलाई हामीले खण्डन गरेका छौं ।’

अझै ‘बेटर पर्फर्मेन्स’ का लागि सरकारलाई भनिरहेको भन्दै उनले थपे, ‘केही कमीकमजोरीलाई आधार मानेर कोही व्यवस्था नै पल्टाउन कोसिस गर्ने अर्काथरी सरकार परिवर्तनको ध्यानमा मात्र जाने अस्थिरताका प्रयत्न हुन् ती गलत हुन् । सफल हुँदैनन् ।’

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर...

वि.सं.२०८२ असार ३० सोमवार १३:३९

कैलाली । खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा...

स्वास्थ्य मन्त्री पौडेलद्वारा नारायणीमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा शुरु

स्वास्थ्य मन्त्री पौडेलद्वारा नारायणीमा स्तन क्यान्सर परीक्षण...

वि.सं.२०८२ असार ३० सोमवार १३:२१

काठमाडौं । मधेश प्रदेशको वीरगञ्जस्थित संघीय नारायणी अस्पतालमा स्तन क्यान्सर...

चोरी भएका २० सवारीसाधन ट्राफिक प्रहरीले धनीलाई बुझायो

चोरी भएका २० सवारीसाधन ट्राफिक प्रहरीले धनीलाई...

वि.सं.२०८२ असार ३० सोमवार १३:१४

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका...

‘लोकतन्त्रको नाममा खसीको टाउको देखाएर कुकुरको मासु बेचिने स्थिति आयो’

‘लोकतन्त्रको नाममा खसीको टाउको देखाएर कुकुरको मासु...

वि.सं.२०८२ असार १९ बिहीवार १७:३७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

ललितपुरमा घर भाडामा लिएर क्रिप्टो धन्दा, ६ चिनियाँसहित ५२ जना पक्राउ

ललितपुरमा घर भाडामा लिएर क्रिप्टो धन्दा, ६...

वि.सं.२०८२ असार १८ बुधवार १८:१८

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा घर भाडामा लिएर...

नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने

नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट...

वि.सं.२०८२ असार १८ बुधवार १४:५३

  काठमाडौं। काठमाडौं स्पोट्र्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज...