CG Electronics
IME Life
NIMB

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

NIMB
Himalayan Bank

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ । नेपाल राष्ट्र बैंककी कायममुकायम (कामु) गर्भनर निलम ढुंगाना तिम्सिनाले आइतबार साँझ ५:३० बजे सञ्चालक समिति बैठक डाएकी छिन्। बैठकमा कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ र गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत गर्ने कि नगर्ने भन्ने विषयमा छलफल हुने राष्ट्र बैंक स्रोतले जनाएको छ।

गुणाकर भट्टले आफ्नो नाम भावी गर्भनरको सम्भावित सूचीमा आएको भन्दै आज राजीनामा बुझाएका हुन्। यद्यपि, तिम्सिनाले ती राजीनामा अहिलेसम्म स्वीकृत गरेकी छैनन्। यसैबीच, तिम्सिनालाई गर्भनरमा नियुक्त नगर्न माग गर्दै सर्वोच्च अदालतमा पुरक निवेदनसमेत परेको छ, जसको सुनुवाइ पनि आइतबारमै तोकिएको छ।

गत साता पनि बैठक बोलाइएको भए पनि निष्कर्ष ननिस्किएको स्रोतको भनाइ छ। आइतबारको बैठक अत्यन्त गोप्य ढंगले तय गरिएको छ र सञ्चालक समितिका सबै सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको छ। यद्यपि, आकस्मिक बैठकबारे जानकारी नदिएको भन्दै केही पदाधिकारी असन्तुष्ट देखिएका छन्।

कामु गर्भनर तिम्सिनाले हालै ठूला निर्माण व्यवसायी, बैंक र सरकार पक्षलाई लाभ पुग्नेगरी असारसम्म ठेकेदारहरूलाई कालोसूचीमा नराख्ने, बैंकको खराब कर्जा बढ्न नदिने र नाफा बढाउने प्रस्तावमा हस्ताक्षर गरेपछि आलोचना खेपिरहेकी छन्।

त्यसैगरी, चेतप्रसाद उप्रेती, रोशन सिग्देल र डा. रामशरण खरेल कार्यकारी निर्देशकमा बढुवा भएपछि उनीहरूलाई बधाई दिने कार्यक्रम पनि आइतबारकै लागि तय गरिएको छ।

 

यो पनि पढ्नुहोस् :

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

 

 

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...