CG Electronics
IME Life
NIMB

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

उपाध्यक्ष : जैविक उर्जा व्यवसायी संघ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा उद्यमी हुन् । जैविक उर्जा व्यवसायी संघ उपाध्यक्ष एव रिडी पावर कम्पनीको अध्यक्ष हुन् । उनले नेपालमा हरित कोइला उत्पादन गरिरहेका छन् । बकस रेन्युएबल इनर्जी कम्पनी लिमिटेड स्थापना गरेर विदेशबाट आउने पत्थर कोइलालाई विस्थापित गर्नेगरी बनजंगलको झारपात सदुपयोग गर्दै हरित कोइला उत्पादन गरिरहेको छ । हरित कोइलाको महत्वबारे नेपाल न्यूज बैंकले नेपालसँग कुराकानी गरेको छ ।

हरित कोइला भनेको के हो ?

हरित कोइला चाहिँ के हो भने जुनसुकै प्रकारको बायोमासलाई धुलो बनाएर सानो प्लेटको फर्ममा अथवा ब्रिकेटको फर्मममा लान्छौं । जुन चाहिँ हाम्रो देशको झारपात, खेर गएको बनको झाडी त्यस्तै गरेर स डस्ट (काठ मि बाट निस्केको धुलो) प्लाइको भेनिएरको ह्स्टिहरु राखेर हामीले दुईओटा प्रोडक्ट बनाएका छौं ।

एउटालाई बायोमास प्लेट भनिन्छ । अर्को चाहिँ बायोमास ब्रिकेट हो । जसलाई हरित कोइला भनेर चिनिन्छ । यो कारखाना सर्लाही जिल्लामा छ । त्यहाँका स्थानीयहरुले त्यसलाई कोइला फ्याक्ट्री भन्ने गरेका छन् ।

यसकालागि आवश्यक कच्चा पदार्थको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

कच्चा पदार्थमा चाहिँ बनमा काम नालाग्ने झाडि वा कुनैपनि राम्रो खालको बायोमास पनि हुन सक्छ । हामीले धेरैजसो बनमा हुने बनमाराहरु चलाएका छौं । स डस्ट भेनियरको ह्विस्ट तोरीको डाँठ, दाउरा, मसला र आँपको काठ आदी प्रयोग गरेर बनाउँछौं ।

यसको प्रयोग कसरी गर्न सकिन्छ ?

हरित कोइला चाँही नयाँ प्रडक्ट हो । यो आफैं बल्दैन, यसका लागि उपयुक्त खालको चुल्हो अथवा बर्नर आवश्यक हुन्छ । जुनचाहीँ बजारमा अहिले उपलब्ध नभएको हुनाले हामीले अहिले प्रबिधि र कोइला दुईवटै बेच्नु परिरहेको अवस्था छ । हामीले विस्तारै त्यसको पनि बजारीकरण गरिरहेका छौं ।

पछिल्लो दुई वर्ष पछिको अहिले तेस्रो वर्षमा चाहिँ उपभोक्ताहरु आफैं जागरुक भएर चुल्होहरु वा बर्नरहरु पनि आफैंले बाहिरबाट झिकाइरहेको हुनाले बजार चाहीँ विस्तारै सुधारिदै गएको अवस्था छ । तर, अझैंपनि धेरै सर्वसाधारणहरुलाई यो कोइलाको बारेमा थाहै छैन् । यसलाई चाहीँ हामीले बायोमास डिजेलको रुपमा लिन सकिन्छ । यसले कोइला, डिजेल, पेट्रोल र एलपी ग्याँसलाई प्रतिस्थापन गर्दछ । यसलाई क्यासीकेसन प्रक्रियाबाट बाल्नुपर्ने हुन्छ । त्यसको लागि हामीलाई प्रबिधि चाहिन्छ । जति धेरै त्यस्तो प्रबिधि नेपालमा आयो त्यति धेरै नै यसक मार्केट बढेर जान्छ ।

हरित कोइला उपयोग गर्न सकिने चुल्हो नेपाली बजारमा छैन ?

नेपाली बजारमा यस्तो खालको चुल्हो पाइँदैन । त्यसकारण हामीले अहिले भारत र चाईनाबाट आयात गरिरहेका छौं ।

त्यस्तो चुल्हो हाम्रै देशमा बनाउन सकिंदैन ?

बनाउन त सकिन्छ होला तर अहिले हाम्रोमा नबनेको हुनाले भारतबाट ल्याएर ग्राहकहरुलाई यो चुल्होको बारेमा पढाउँदै सिकाउँदै एलपि ग्याँस र पेट्रोलियम पदार्थको प्रयोग भन्दा यसको प्रयोग कति किफायति भयो त भन्ने कुरा देखाउँछौं । एलपीजी ग्याँसको प्रयोगको सट्टा यसको प्रयोग गर्दा हुने फाइदाका बारेमा पनि सिकाउँछौं ।

जसले यो प्रयोग गुर्न भएको छ उहाँहरुले बायोमासको माग विस्तारै एकपछि अर्को गरी बढाउँदै जानु भएको छ । ठूला खालका उद्योगहरु जस्तै भुजिया, दालमोठ पकाइरहनु पर्नेहरुका लागि त यसले धेरै ठुलो बचत गरेको छ । जसले यो प्रबिधि प्रयोग गर्नु भएको छ उहाँहरुले फेरि फर्किएर हेर्नु परेको छैन् ।

हरित कोइलाको प्रयोग कत्तिको खर्चिलो छ ?

चुल्हो चाहिँ खर्चिलो भएका कारण सरकारको अनुदान पनि आवश्यक छ । किनभने अहिले बजारमा ५÷७ हजार रुपैयाँमा ग्याँस सिलिन्डर र चुल्हो पाइन्छ । तर, यसलाई चाहिँ त्योभन्दा महंगो नै पर्छ । त्यसकारण घरायसी प्रयोगका लागि यो अलि खर्चिलो छ ।
औद्योगिक प्रयोजनका लागि चलाउँदा पनि ५÷७ लाख देखि एक करोड रुपैयाँसम्म पर्न आउँछ । त्यसकारण प्रबिधि चाहिँ अलि महंगो नै छ । तर समग्रमा खपत हेर्ने हो भने चाहिँ करिब ६ महिनामा खर्च उठ्छ । तरपनि एकैचोटि लगानी गर्न के भइरहेको छ भनेदेखि मान्छेहरु अलि हिचकिचाइरहेको अवस्था छ ।

एलपीजी, डिजेल र पेट्रोलियमको तुलनामा यसको प्रयोग कत्तिको सस्तो छ ?

सामान्यतया हामीले हेर्दाखेरी यसलाई कसरी हेर्छौं भनेदेखि एक केजी ग्याँस, पेट्रोल वा डिजेलले कति इनर्जी दिन्छ, त्यसलाई किलो क्यालोरीमा नाप्छौं । सामान्यतया भन्नुपर्दा एक केजी एलपिजीले ११ हजार किलो क्यालेरी इनर्जी दिन्छ । डिजेलले ११ हजार २ सय क्यालोरी इनर्जी दिन्छ, पेट्रोलले पनि सोहि बराबरमा इनर्जी दिन्छ । यति इनर्जीका लागि डिजेल किन्न अहिलेको मूल्य अनुसार १ सय ५० रुपैयाँ सम्म तिर्नुपर्छ ।

एलपीजी किन्न १ सय ३५ रुपैयाँ तिर्नुपर्छ । अहिले हामीले उत्पादन गरेको प्लेटको मूल्य बजारमा प्रतिकिलो ३० रुपैयाँ छ । ३० रुपैयाँको प्लेटले ४ हजार २ सय किलो क्यालोरीको इनर्जी उतपादन गर्दछ । भाग गर्दाखेरी २ दशमलव २ केजी प्लेट हुँदा एक केजी ग्याँस बराबर हुन्छ । त्यसो गर्दाखेरी करीब ७५ रुपैयाँमा १ सय १३५ रुपैयाँको काम गर्दछ । त्यसकारण यसले एलपिजीमा करिब ४५÷५० प्रतिशत सम्म फाइदा गर्दछ । अझ डिजेलको तुलनामा त ५० प्रतिशत नै सस्तो पर्दछ ।

 

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...