Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

आधारभूत पूर्वाधारको अवस्था कमजोर हुँदा पर्यटकको संख्या कम भयो : सीईओ जोशी

 

काठमाडौं । नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले नेपालमा लगानी अनुसार पर्यटकहरुको संख्या कम भएको बताएका छन् ।

बुधबार नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल पर्यटन बोर्डको आयोजनामा भएको पर्यटन सवारी चालक तथा सहचालक अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आधारभूत पूर्वाधारको अवस्था कमजोर भएको कारण अपेक्षित मात्रामा पर्यटक ल्याउन नसकेको भन्दै अहिले नेपाल सरकार, विभिन्न निकाय, स्थानिय तहको पनि पूर्वाधारमा निकै ठूलो जोड रहेको बताए ।

उनले भने, ‘पर्यटकहरुको संख्या हामीले सोच जति छैन् । यातायात, होटललगायत धेरै क्षेत्रमा लगानी एकदमै धेरै छ ।

हाम्रो आधारभूत पूर्वाधारको अवस्था कमजोर हुदाँ हामीले अपेक्षित मात्रामा पर्यटक ल्याउन सकिरहेको छैनौँ तर पछिल्लो समयमा नेपाल सरकार, विभिन्न निकाय, स्थानिय तहको पनि पूर्वाधारमा निकै ठूलो जोड छ । आजको दिनमा पर्यटन क्षेत्र राम्रो छैन् भनेर निराश हुनुभन्दा हाम्रो भविष्य राम्रो छ भनेर आशावादी हुनुपर्छ ।’

यस्तै, उनले सवारी साधनको विषयमा गुणस्तरियता, सरसफाईको साथै, पर्यटकहरुलाई दिने जुन आतिथ्यतालाई सन्तुलनमा राख्नुपर्ने बताए ।

उनले भने, ‘सवारी साधनको विषयमा कुरा गर्दा गुणस्तरियता, सफाई आदि कुरा छँदै छन्, त्यो बाहेक हामीले पर्यटकहरुलाई दिने जुन आतिथ्यता छ त्यसलाई सन्तुलन गर्नुपर्छ । हाम्रो आतिथ्यता कै कारणले नेपालमा आउने पर्यटकहरु दोहोर्‍याएर आउने गरेका छन् ।’

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...