CG Electronics
IME Life
NIMB

नेपाल–पाकिस्तान मैत्री: इलाम बाढीपीडितलाई राहत र शिक्षा सहयोग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

इलाम, कोशी प्रदेश — पाकिस्तान दूतावास काठमाडौंले नेपाल–पाकिस्तान युवा परिषद्‌ (NPYC) सँगको सहकार्यमा इलाम जिल्लाका बाढीपीडित परिवारहरूलाई राहत सामग्री वितरण गरेको छ।

सन् 2025 अक्टोबर 17 मा माङसेबुङ र फाकफोकथुम गाउँपालिकाका प्रभावित परिवारहरूलाई गजुरमुखी धाममा आयोजित कार्यक्रममा राहत वितरण गरिएको हो।

कार्यक्रममा पाकिस्तानका राजदूत महामहिम अबरार एच. हाश्मी, दूतावासका प्रथम सचिव मुहम्मद हारुन रसीद र NPYC का संयोजक ऋचुमणी लुइटेल सहभागी थिए। सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुनीता नेपाल, जिल्ला प्रहरी प्रमुख एसपी एक नारायण कोइराला, गाउँपालिका अध्यक्ष तथा स्थानीयवासीहरूको उपस्थिति थियो।

राजदूत हाश्मीले बाढीपीडितप्रति समवेदना र ऐक्यबद्धता प्रकट गर्दै पाकिस्तानका जनताबाट प्रेमको प्रतीकस्वरूप राहत सामग्री हस्तान्तरण गरे। उनले नेपाल र पाकिस्तानबीचको मैत्री र सहयोगका सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धता जनाए।

उक्त अवसरमा राजदूतले विशेष घोषणा गर्दै इलामका बाढीपीडित विद्यार्थीहरूका लागि चारवटा छात्रवृत्ति (MBBS, BDS र B. Pharmacy कार्यक्रमहरू अन्तर्गत) तथा माध्यमिक तहका ५० छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे।

यसअघि, राजदूत हाश्मीले विराटनगरमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय रिवती भण्डारीसँग भेट गरी हालैका बाढीपीडितहरू प्रति समवेदना व्यक्त गरे र आफ्नो एकजुटता भ्रमणको उद्देश्य जानकारी गराए।

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे वाङछ्युक ‘सुबास पाख्रिन’ समेतलाई ‘दोर्जेलोपेन’ उपाधि

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे...

वि.सं.२०८३ जेठ २० बुधवार ००:११

काठमाडौं । हिमाली बौद्ध बज्रयान परम्पराअन्तर्गत अत्यन्त कठिन, पवित्र एवं...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...