Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

जाडो याममा इलेक्ट्रिक कारको सुरक्षा र दक्षता बढाउन अपनाउनुहोस् यी ५ महत्वपूर्ण टिप्स

 

काठमाडौँ। जाडो मौसममा विद्युतीय कारलाई राम्रो अवस्थामा राख्न विशेष ध्यान दिनु आवश्यक छ । चिसो मौसमले ब्याट्रीको कार्यक्षमता र कारको कार्यसम्पादनलाई असर गर्नसक्ने कारण पनि जाडो याममा आफ्नो कारको ख्यालमा ध्यान पुर्याउनै पर्ने हुन्छ । यी ५ सुझाबलाई अवलम्वन गर्न सकिएमा आफ्नो इलेक्ट्रिक कारलाई राम्रो अवस्थामा राख्न सकिन्छ :

ब्याट्रीलाई न्यानो राख्ने : जाडोको चिसोले इलेक्ट्रिक कारको ब्याट्रीको रेन्ज घटाउन सक्छ । ब्याट्री न्यानो राख्न कारलाई ग्यारेज वा अन्य ढाकिएको क्षेत्रमा पार्क गर्नुपर्छ । सम्भव भएमा, कारलाई रातभर चार्जरमा जडान गरी छाड्नुपर्छ, किनकि धेरै विद्युतीय कारहरूले चार्ज गर्दा ब्याट्रीलाई न्यानो राख्ने सुविधा प्रदान गर्दछन् । गाडी चलाउनु अघि कारलाई चार्जरमा जडान गरी क्याबिन र ब्याट्रीलाई न्यानो पार्न सकिन्छ । यसले ब्याट्रीको दक्षतामा सुधार गर्छ र रेन्ज कायम राख्न मद्दत गर्छ ।

टायर मर्मत : जाडो याममा सडक सितले भिजेका हुन सक्छन्, त्यसैले आफ्नो टायरको अवस्था जाँच गर्नु महत्त्वपूर्ण हुन्छ । यस सिजनकै लागि भनेर विशेष रूपमा डिजाइन गरिएका टायरहरू प्रयोग गर्दा झनै राम्रो हुन्छ । चिसोमा हावाको चाप घट्न सक्ने भएकाले नियमित रूपमा टायरको चाप पनि जाँच गर्नुपर्छ । राम्रो टायरको चापले सुरक्षामा सुधार मात्र गर्दैन, ब्याट्रीको खपत पनि कम गर्छ ।

हिटिङ सिस्टमलाई बुद्धिमानीपूर्वक प्रयोग गर्ने : विद्युतीय कारको हिटिङ सिस्टमले ब्याट्री पावर प्रयोग गर्ने हुँदा यसले रेन्ज घटाउन सक्छ । क्याबिनलाई न्यानो पार्न सिट हीटर र स्टेयरिङ ह्वील हीटर प्रयोग गर्नुपर्छ । यसो गर्दा सम्पूर्ण क्याबिन तताउने भन्दा कम ऊर्जा प्रयोग गर्छ । साथै, गाडी चलाउनु अघि ब्याट्री ओभरलोड हुनबाट जोगिन चार्ज गर्दा कारलाई पहिले नै न्यानो पार्नु अवाश्यक हुन्छ ।

चार्ज गर्ने रणनिती : जाडोमा ब्याट्री स्लो हुने भएकाले चार्ज गर्ने समय बढ्न सक्छ । नियमित चार्जिङ तालिका कायम राखेर कारलाई ८०–९० प्रतिशत सम्म चार्ज गर्नुपर्छ । किनकि पूर्ण चार्ज वा धेरै कम चार्जले ब्याट्रीको आयुलाई असर गर्न सक्छ । यदि सम्भव छ भने लेभल २ चार्जर प्रयोग गर्नुपर्छ, जसले छिटो र अधिक कुशल चार्जिङ प्रदान गर्दछ ।

वाइपर र तरल पदार्थको जाँच : आफ्नो वाइपर ब्लेडको अवस्था जाँच गर्नुपर्छ र तिनले हिउँ वा वर्षालाई प्रभावकारी रूपमा हटाउन सक्छन् भनी सुनिश्चित गर्नुपर्छ । आफ्नो विन्डशिल्ड वाशर फ्लुइडलाई धेरै चिसोमा पनि नजम्ने खालको उपयुक्त फ्लुइडले भर्नु आवश्यक हुन्छ । यसले सुरक्षित ड्राइभिङ सुनिश्चित गर्दछ ।

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १२:२१

  काठमाडौं। विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने...

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

वि.सं.२०८२ कात्तिक २४ सोमवार २०:३५

  काठमाडौँ, नेपाल – १० नोभेम्बर, २०२५ – नेपालकै विश्वसनीय...

टाटा मोटर्सले इभेको ग्रुप खरिदका लागि इटालियन सरकारबाट सशर्त स्वीकृति प्राप्त, युरोपेली बजारमा बलियो प्रवेश

टाटा मोटर्सले इभेको ग्रुप खरिदका लागि इटालियन...

वि.सं.२०८२ कात्तिक २४ सोमवार २०:२१

  काठमाडौँ। टाटा मोटर्स लिमिटेडले इटालीको प्रमुख ट्रक तथा बस...

केई र्याली : ग्राहकहरूसँगको रमाइलो नगर्कोट यात्रा

केई र्याली : ग्राहकहरूसँगको रमाइलो नगर्कोट यात्रा

वि.सं.२०८२ कात्तिक २४ सोमवार ०९:३८

  काठमाडौं। जी.ओ. अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई-मोबिलिटी, केई नेपालका...

एमएडब्लू वृद्धि देशभर १४० भन्दा बढी CCS2 फास्ट चार्जिङ स्टेशन सहित ईभी चार्जिङ नेटवर्कमा अग्रणी

एमएडब्लू वृद्धि देशभर १४० भन्दा बढी CCS2...

वि.सं.२०८२ कात्तिक २४ सोमवार ०९:०३

  काठमाडौं । एमएडब्लूवृद्धिले नेपालभर विद्युतिय सवारी (ईभी) कोविकासलाईतीव्र बनाउँदै...

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख...

वि.सं.२०८२ कात्तिक २३ आइतवार १३:२७

  काठमाडौं । जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी...