CG Electronics
IME Life
NIMB

सुशीला सरकारलाई चुनौती: संविधान संशोधन बिना फागुन २१ को निर्वाचन स्वीकार्य छैन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्र संरक्षण सञ्चार संस्थाले देशमा हाल देखिएको अन्यौल र अनिश्चितताको निकासको लागि सनातनी युवा पुस्तासहितको सर्वपक्षीय र सर्वदलीय सरकार बनाउनुपर्ने माग गरेको छ। सो सञ्चार संस्थाका संपादक डा. केबी सम्राट र संयोजक यबराज आचार्यसहितको ‘राजनीतिक सनातन यात्रा’ ले मंगलबार पत्रकार सम्मेलन मार्फत सर्वपक्षीय सरकार निर्माण र नेपालको संविधान-२०७२ को संशोधन हुनुपर्ने जिकिर गरेको हो।

पत्रकार सम्मेलनमा संयोजक यबराज आचार्यले भने: ‘२०७२ सालको संविधान विभिन्न अवान्छित तत्वहरुको संलग्नतामा जारी भएको गराइएको थियो। यो संविधान अनुसार नेपालमा राजनीतिक अस्थिरता आईरहने, संविधानको आडमा कुशासन, भ्रष्टाचार , दण्डहिनता, अन्याय र आपराधिक गतिविधिहरु दिनप्रतिदिन मौलाईरहेको कुरा सर्वविदितै छ। उक्त संविधानको व्यवस्था अनुरुप कुनै एउटा राजनीतिक पार्टीले स्पष्ट रुपमा बहुमत प्राप्त गर्न नसक्ने कुरा पनि हामी सबै माझ स्पष्ट छ। त्यस्तै , दुर्घटना निम्त्याउने तत्वहरु मुलुकको चौतर्फि विकास नचाहने पनि स्पष्ट छ नै। यी र यस्तै कारणले गर्दा अनिवार्य रुपमा २०७२ सालको संविधानलाई संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीसहित प्राचीन वैदिक सभ्यतासहितको सनातन राष्ट्र कायम गरेमात्र यो देशमा शान्ति, स‌द्भाव, विकास र समृद्ध हुने छ भनने हाम्रो ठहर छ।’

वर्तमान संविधान पूर्ण रुपमा असफल भईसकेकोले दलहरुले निवर्वाचनमा गठबन्धन गरी फेरी पनि लुटतन्त्र, भ्रष्टाचार, दलीय तानाशाही प्रवृत्तिको पुनरावृत्ति हुने भएकोले अहिले आन्दोलनबाट निर्माण भएको सुशीला कार्की नेतृत्वको सरकारले २०७२ सालको संविधान संशोधन नगरीकन फाल्गुण २१ गते निर्वाचनमा जान नहुने उनको भनाई थियो: ‘अहिलेकै संविधानको प्रावधान अनुसार देश आगामी फागुन २१ गतेको निर्वाचनमा गयो भनेदेखि फेरी उनै कुतत्वहरुको राज हुनेमा हकुनै दुईमत रहेन। यस्तै हुने हो भने मुलुकमा पुन: द्वन्द्वको सृजना भई गृहयुद्धमा होमिने हाम्रो ठम्याई छ।’

यी मागहरू पुरा नभएमा नयाँ शान्तिपूर्ण आन्दोलनमा जाने पनि आयोजकले उक्त पत्रकार सम्मेलनमा जानकारी दिएका छन : ‘यदी सर्वपक्षीय र सर्वदलीय सरकार गठन गरी २०७२ को संविधान संशोधन गरी प्राचीनकालीन वैदिक सभ्यताको सनातन राष्ट्र घोषणा नभएमा विरता र बलिदानीको हाम्रो राष्ट्रिय रंग सिम्रीकको भएझै हाम्रा विरगंना नारीको सिउँदोको मर्मरक्षाका लागि यो शक्तिपीठहरुले सम्पन्न राष्ट्रको तर्फबाट ‘सनातन सिंदुर अप्रेसन’ शुरू गरिने छ। जसबाट विना रक्तपात सनातनीहरुको रक्षा गर्नका निम्ती मात्तृशक्ति सहित अगाडी बढ्नु पर्दछ।’

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना सम्पन्न

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना...

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

  काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३

  काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५१

  पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन...

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...