रोयल इनफिल्डले नेपालमा नयाँ 2025 मेटियर 350 सार्वजनिक, मूल्य ५ लाख ७७ हजारदेखि
Friday Nov 14, 2025
वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:१०
काठमाडौं । रोयल इनफिल्डले नेपालमा परिमार्जित सुविधासहितको नयाँ 2025 मेटियर 350 मोटरसाइकल सार्वजनिक गरेको छ। कम्पनीले आजदेखि बुकिङ र टेस्ट–राइड खुला गरेको जानकारी दिएको छ।
मेटियर 350 यसपटक फायरबल, स्टेलर, अरोरा र सुपरनोभा गरी चार भेरियन्टमा उपलब्ध छ। यी सबैमा एलईडी हेडलाइट, नयाँ रंग, सुधारिएको फिनिस, आरामदायी सिट र उन्नत राइडिङ पोस्चर जस्ता परिमार्जित फिचरहरू समावेश छन्।
३४९ सिसी क्षमताको J-series इन्जिन प्रयोग गरिएको यस मोडेलले २०.२ बीएचपी पावर र २७ एनएम टर्क दिन्छ। नेपालमा लोकप्रिय क्रूजरमध्ये रहेको मेटियरको नयाँ संस्करणले बजारमा थप प्रतिस्पर्धा ल्याउने अपेक्षा छ।
दैनिक सहरयात्रादेखि लामो टुरसम्म लक्षित गरेर बनाइएको यो मोडेलमा डिजिटल–एनालग ट्रिपर पोड ड्यासबोर्ड, USB-C फास्ट चार्जिङ, असिस्ट एन्ड स्लिप क्लच, एड्जस्टेबल लिभर, डुअल डिस्क, डुअल–च्यानल ABS, अलोय ह्विल तथा प्रिलोड एड्जस्टेबल ट्विन सक–अब्जर्बर जस्ता फिचरहरू दिइएको छ।
कम्पनीले यसका लागि अर्बन र ग्रान्ड टुरर गरी दुई प्रकारका एक्सेसरी किट पनि उपलब्ध गराएको छ।
नेपालमा मूल्य
फायरबल – रू. ५,७७,०००
स्टेलर – रू. ५,८७,०००
अरोरा – रू. ५,९१,९००
सुपरनोभा – रू. ५,९७,०००
नयाँ मोटियर ३५० मा एलईडी हेडल्याम्प, एलईडी लाइट, एलईडी टर्न इन्डिकेटर्स, डीआरएल र डिजिटल एनालग ट्रिपर पोड एलसीडी ड्यासबोर्ड रहेको छ । त्यस्तै, यसमा टाइप सी यूएसबी फास्ट चार्जिङ पोर्ट, असिस्ट एण्ड स्लीप क्लच, एड्जस्टेबल लिबर, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, अलोय ह्वील, फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा प्रिलोड एड्जस्टेबल ट्वीन सक अब्जर्बर लगायत विशेषता पाउन सकिन्छ ।



























