CG Electronics
Ncell NPL
NIMB

नेपालमा बिक्री भएका जिली भ्ह्छमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा सुरु

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। चीनको अग्रणी अटोमोबाइल निर्माता जिली अटो ग्रुपले नेपालमा बिक्री भइसकेका जिली भ्ह्छ (Geely Geometry C) विद्युतीय सवारीसाधनमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी सुविधा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार नयाँ प्रविधिक उन्नतिले भ्ह्छको डिजिटल प्रयोग क्षमतालाई अभूतपूर्व रूपमा बढाउँदै नेपालमा तीव्र गतिमा विस्तार भइरहेको ईभी बजारमा जिलीको उपस्थिति अझ मजबुत बनाएको छ।

नयाँ प्रणालीमार्फत चालकले स्मार्टफोनलाई सवारीसँग सहज रूपमा जोडेर नेभिगेसन, ह्यान्ड्स–फ्री कल–सन्देश, मनोरञ्जन, पोडकास्ट तथा रियल–टाइम ट्राफिक अपडेट प्रयोग गर्न सक्नेछन्। इनबिल्ट डिस्प्लेमा स्मार्टफोन इन्टरफेस प्रतिबिम्बित हुने भएकाले आवश्यक एपहरू ठूलो, स्पष्ट र सजिलो लेआउटमा उपयोग गर्न सकिने जिलीको दाबी छ। ब्लुटुथको तुलनामा कारप्लेले उच्च गुणस्तरको ध्वनि प्रदान गर्ने भएकाले इन–कार मनोरञ्जन स्तर पनि उकासिएको बताइन्छ।

नेपालका लागि जिली भ्ह्छका आधिकारिक वितरकले लन्चदेखि बिक्री भएका सबै भ्ह्छमा सफ्टवेयर अपडेटमार्फत सुविधा सक्रिय गरिरहेको छ। ग्राहक अनुकूलताका लागि सेवा टोलीले घर तथा कार्यालयमै पुगेर इन्स्टलेसन गरिरहेको छ, जसले अपग्रेड प्रक्रिया झन्झटरहित बनेको कम्पनीले जनाएको छ।

कम्पनीका प्रबन्ध निर्देशक जीवन जंग शाहीका अनुसार चीनस्थित जिली अटोको प्रत्यक्ष सहयोगमा सुरु भएको अपग्रेडले भ्ह्छलाई प्रिमियम ग्लोबल ईभीहरूसँग प्रतिस्पर्धी बनाउँदै नेपाली ग्राहकको अपेक्षा पूरा गरेको छ।
विक्रि प्रमुख अधिर कुमार श्रेष्ठका अनुसार अब नेपाल भित्रिने सबै भ्ह्छ मोडेलमा फिचर इनबिल्ट नै रहनेछ, थप इन्स्टलेसनको आवश्यकता नपर्नेछ।

जिली भ्ह्छले नेपालमा छोटो समयमा शहरी तथा हाइवे दुवै सेग्मेन्टमा उल्लेखनीय लोकप्रियता कमाइसकेको छ। विराटनगर र बुटवलसहित डिलर नेटवर्क विस्तार भइरहेका बेला कम्पनीले आगामी वर्षभित्र सातै प्रदेशमा सेवा उपस्थितिमा विस्तार गर्ने योजना अघि सारेको छ।
कारप्ले र अन्ड्रोइड अटो समावेशसँगै भ्ह्छले कार्यदक्षता, सुरक्षा, आराम र स्मार्ट कनेक्टिभिटीको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै नेपालमा उपलब्ध सबैभन्दा फिचर–सम्पन्न इलेक्ट्रिक सवारीमध्ये एकको रूपमा आफ्नो स्थान थप मजबुत बनाएको कम्पनीको भनाइ छ।

नेपाल दिगो र प्रविधि–मुखी यातायाततर्फ अघि बढिरहेको बेलामा जिली अटो ग्रुपको निरन्तर नवप्रवर्तनले नेपाली बजारप्रति यसको दीर्घकालीन प्रतिबद्धता झनै प्रष्ट भएको पनि कम्पनीले जनाएको छ।

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा: यामाहाको ब्लु कोड नयाँ वर्ष योजना अब एकदिन बाँकी

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा:...

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:५१

काठमाडौं, नेपाल – १७ अप्रिल २०२६ – Yamaha Nepal ले...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने

ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २१:४३

  काठमाडौं, नेपाल – १५ अप्रिल २०२६ – नेपालमा फोटोन...

एलआरआर मोटर्सद्वारा काठमाडौँस्थित शोरुममा “जिली EX5 सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना

एलआरआर मोटर्सद्वारा काठमाडौँस्थित शोरुममा “जिली EX5 सुपर...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:१६

  काठमाडौँ । जिली EX5 म्याक्स तथा प्रो विद्युतीय सवारी...

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६ र VECV अन्तर्राष्ट्रिय सेल्स प्रतियोगिता PROFORMERS सिजन ११ गरी दुई ठाउँमा जित

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६...

वि.सं.२०८३ वैशाख २ बुधवार २३:३७

  काठमाडौँ, अप्रिल १५, २०२६- नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय दोहोरो...

जेडी पावर २०२६ गुणस्तर जाँचमा दिपल एस०५ पहिलो स्थानमा

जेडी पावर २०२६ गुणस्तर जाँचमा दिपल एस०५...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:५७

दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर...