CG Electronics
IME Life
NIMB

काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौँ। काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ वार्षिक साधारण सभा बाग्मती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बाग्मती प्रदेश सभापति इन्द्रबहादुर बाँनियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि बाँनियाले ढुवानी व्यवसायलाई प्रभावकारी बनाउन राज्य र स्थानीय सरकारसँग समन्वय आवश्यक रहेको बताएका छन्। उनले ढुवानी व्यवस्था कमजोर हुँदा मुलुकले अप्ठ्यारो परिस्थितिको सामना गर्नु पर्ने अवस्था आएको उल्लेख गर्दै समस्या समाधानका लागि सरकार सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे।
यस्तै उनले जेन्जी आन्दोलनबाट क्षतिग्रस्त सवारी साधनहरूको यस आर्थिक वर्षको कर छुट गर्ने निर्णय सरकारले गरिसकेको जानकारी पनि दिए।

मुख्यमन्त्री बाँनियाले यस व्यवसायलाई देशको विकास, गुणस्तरीय सेवा र समृद्धि यात्रासँग प्रत्यक्ष जोडिएको राष्ट्रका लागि अपरिहार्य क्षेत्र भएको बताए।

संघका अध्यक्ष पुष्पराज श्रेष्ठले ढुवानी व्यवसाय देशको मेरुदण्ड भएको उल्लेख गर्दै संघले दुर्गम तथा ग्रामीण क्षेत्रमा समेत समयमै सामान पुर्‍याउँदै आएको बताए। उनले ढुवानी व्यवसायीहरूले भोगिरहेको अनावश्यक कठिनाइ हटाउन सरकारलाई एकीकृत ढुवानी ऐन र कार्यविधि सुनिश्चित गर्न आग्रह गरे।

कार्यक्रममा बाग्मती प्रदेश सांसद उद्दव थापा, नागार्जुन नगरपालिकाकी कार्यवाहक प्रमुख सुसीला अधिकारीलगायत वक्ताहरूले ढुवानी क्षेत्रलाई व्यवस्थित, मर्यादित र आधुनिक बनाउन निरन्तर पहल गर्नुपर्नेमा जोड दिएका थिए।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...