CG Electronics
IME Life
NIMB

‘१० वर्षअघि जनताको अपेक्षा पूर्वाधार विकासमा थियो, अहिले लगानीमैत्री वातावरण नै हो’

NIMB
Himalayan Bank

 

काठमाडौं । नेकपा एमालेका सचिव राजन भट्टराईले राजनीतिक दलका घोषणापत्रमा जनताले पूर्वाधार विकास भन्दा पनि रोजगारी र शिक्षाको एजेन्डा अपेक्षा गरेको बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित दलका घोषणापत्रमा ‘आर्थिक एजेन्डा’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले देशमा केही नभएको भनेर एकतर्फी भाष्य निर्माण भइरहेको भन्दै यसको खण्डन गरेका छन् ।

उनले भने, ‘कतिपयले केही पनि भएन भन्ने एकतर्फी भाष्य निर्माण गर्न खोजिरहेका छन्, जुन सरासर गलत हो। हामीमध्ये धेरैले १० वर्ष अघिको नेपालको पूर्वाधार अवस्था देखेका छौँ। राजनीतिक अस्थिरताका बाबजुद पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ—सडक, खानेपानी, विद्युत्, सञ्चारजस्ता आधारभूत सेवा विस्तार भएका छन्।’

अब जनताका अपेक्षा रोजगारी, स्वास्थ्य, प्रदूषणमुक्त वातावरण, ट्राफिक व्यवस्थापन, गुणस्तरीय शिक्षा र उद्यमशीलतामा केन्द्रित भएको उनको दाबी छ ।

उनले भने, ‘अहिलेको प्राथमिकता सुशासन र लगानीमैत्री वातावरण निर्माण हो। राजनीतिक स्थिरता नभएसम्म लगानीकर्ताले विश्वास गर्दैन। लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र कानुनी जटिलताको अन्त्य नगरी न आन्तरिक न वैदेशिक लगानी आकर्षित हुन्छ।’

उनका अनुसार अहिले बैंकहरूमा तरलता थुप्रिएको छ, तर लगानीको वातावरण नबन्दा पुँजी परिचालन हुन सकेको छैन। उनले भने, ‘देशभित्रकै लगानीकर्ता सुरक्षित महसुस गरिरहेका छैनन्। यस्तो अवस्थामा वैदेशिक लगानी भित्र्याउने कुरा अझ चुनौतीपूर्ण हुन्छ।’

‘विश्व परिवेश बुझेर मात्रै नेपालमा व्यावहारिक नीति अघि सार्नुपर्छ’भट्टराईका अनुसार अन्तर्राष्ट्रिय परिस्थिति पनि तीव्र रूपमा बदलिँदै छ।

नियममा आधारित विश्व व्यवस्था कमजोर बन्दै गएको छ, जसको असर नेपालजस्ता मुलुकमा प्रत्यक्ष पर्छ। उनले त्यसलाई बेवास्ता गरियो भने दीर्घकालीन समस्या निम्तिन सक्ने चिन्ता व्यक्त गरे । उनले भने, त्यसैले हामीले ग्लोबल र क्षेत्रीय सन्दर्भलाई बुझेर व्यवहारिक नीतिहरू अघि सार्नुपर्छ ।’

उनले डेमोक्रेसी आएपछि नागरिकका अपेक्षा स्वाभाविक रूपमा बढ्ने भए पनि अपेक्षा र उपलब्धिबीचको खाडल कसरी पुर्ने—यो आजको मुख्य चुनौती रहेको जिकिर गरे। उनले भने, ‘यथार्थमा उभिएर व्यवहारिक र प्राग्म्याटिक दृष्टिकोण अपनाउनु आवश्यक छ। वैदेशिक लगानी भित्र्याउँदा हामी उदार हुनुपर्छ, तर केही संवेदनशील क्षेत्रमा चयनात्मक दृष्टिकोण पनि आवश्यक हुन्छ।’

उनले अहिलेको पूस्ताले त्याग गरे मात्रै अर्को पूस्ताले सहज ढंगले जिवत व्यतित गर्न सक्ने औंल्याए । उनले भने, ‘मुलुकको निर्माण सधैँ एउटा पुस्ताको त्यागबाट सम्भव भएको छ। कोरिया, जापान लगायत मुलुकहरूले त्यही बाटो हिँडेका हुन्। हामी पनि त्यही त्याग गर्ने पुस्तामा छौँ।

राजनीतिक वातावरण बनाइसकेका छौँ, अब आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ। आगामी १०–२० वर्षभित्र देशलाई स्पष्ट मार्गमा लैजान हामी सबै एकमतका साथ अघि बढ्नुपर्छ।’

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत खर्च र १६ खर्ब राजस्व लक्ष्य पूरा गर्न जुट्न आग्रह

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:२४

  काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...