CG Electronics
IME Life
NIMB

२०८२ सालको निर्वाचनले नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्यायो

NIMB
Himalayan Bank

काठमाडौं । २०८२ सालको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित रूपमा सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ। रास्वपाले प्रत्यक्षतर्फ ११० सिटमा जित र १५ सिटमा अग्रता सहित कुल १२५ सिटमा उपस्थित भई व्यापक जनसमर्थन प्राप्त गरेको छ। समानुपातिकतर्फ यसले १४ लाख ६१ हजार ३८१ मत पाएको छ।

लामो समयदेखि मुख्य राजनीतिक शक्ति मानिँदै आएको नेपाली कांग्रेस यसपटक कमजोर देखिएको छ। कांग्रेसले प्रत्यक्षतर्फ १५ सिटमा जित र २ सिटमा अग्रता पाएर कुल १७ सिट हासिल गरेको छ। समानुपातिकतर्फ ४ लाख ९४ हजार २५१ मत प्राप्त गरेको कांग्रेसको प्रदर्शन अपेक्षाभन्दा कम भएको देखिन्छ।

नेकपा (एमाले) ले प्रत्यक्षतर्फ ७ सिटमा जित र ३ सिटमा अग्रता सहित कुल १० सिट हासिल गरेको छ। समानुपातिकतर्फ यसले ४ लाख ३ हजार ८९९ मत प्राप्त गरेको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ६ सिट जित र २ सिटमा अग्रता सहित कुल ८ सिट प्राप्त गरेको छ। समानुपातिकतर्फ यसले १ लाख ९३ हजार ५५० मत पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जितेको छ र समानुपातिकतर्फ १ लाख ६ हजार ३९६ मत पाएको छ।

श्रम संस्कृति पार्टीले पनि अप्रत्याशित रूपमा १ सिट जित र २ सिटमा अग्रता सहित कुल ३ सिट प्राप्त गरेको छ। समानुपातिकतर्फ यसले ५९ हजार २४१ मत पाएको छ।

त्यसैगरी, एक स्वतन्त्र उम्मेदवारले १ सिटमा जित हासिल गरेको छ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...

वि.सं.२०८३ असार १९ शुक्रवार ०९:४७

  काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक; लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’...

वि.सं.२०८३ असार १५ सोमवार ०७:१७

  बुटवल, असार २०८३ ।लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...