CG Electronics
IME Life
Ncell NPL

सहकारी क्षेत्रका कानून कार्यान्वयनमा कमि : सभापति थापा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । संसदीय सहकारी छानबिन समितिका सभापति सूर्य थापाले सहकारी क्षेत्रको समग्र अवस्था हेर्दा भएका कानून कार्यान्वयनमा कमि भएको टिप्पणी गरेका छन् ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकपश्चात उनले सहकारी समस्याको मुख्य कारण संयन्त्र निर्माण गर्ने गरि कानून निमार्ण नहुनुको साथै बचतकर्ताहरुले लापरबाही र लोभमा परेर आफ्नो पुँजी जोखिममा राख्नु पनि भएको बताए ।

उनले भने, ‘सहकारी क्षेत्रको समग्र अवस्था हेर्दा भएका कानून कार्यान्वयनमा कमि भएको छ । कानून आवश्यकता अनुसारको संयन्त्र निमार्ण गर्ने गरि बनेका छैनन् । र बचतकर्ताहरुले पनि कुन सहकारी को सञ्चालक भन्ने कुरा नबुझि पैसा जम्मा गर्ने काम लापरबाही र लोभका कारणले गरेको जस्तो देखिन्छ ।’

उनले बैठकमा उपस्थित प्रतिनिधिहरुको कुरा सुन्दा गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै सहकारी क्षेत्रलाई अझ बलियो बनाएर अगाडि बढाउनु पर्ने बताए ।
उनले भने, ‘आज आउनु भएको प्रतिनिधिहरुको कुरा सुन्दा गरिबी निवारणमा सहकारी भूमिका महत्वपूर्ण रहेको र सहकारी क्षेत्रलाई अझ बलियो बनाएर अगाडि बढाउनु पर्छ । सहकारीलाई उत्पादनमा सेवा प्रवाहमा अझ व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्छ भन्ने कुरा आएको छ ।’

आजको बैठकमा देशभरबाट सुशासनमा चलेका सहकारीका प्रतिनिधिहरु ४० जनालाई आमन्त्रित गरेको थियो । तर त्यस मध्य ३४ जनाको उपस्थिती रहेको थियो ।

यस्तै, सबैको सुझावहरु सुन्दा सहकारीको क्षेत्रमा नकारात्मक भाष्य सिर्जना गर्ने, धारणा बनाउने र यो क्षेत्रलाई नास पार्ने गरि गलत प्रचार गर्ने काम भएको पनि उनको भनाई छ ।

उनले भने, ‘सबैले आफ्नो कुरा राखेका छन् । सबैको सुझावहरु सुन्दा देशभर केही सहकारी मात्र बिग्रिएका छन् र धेरै सहकारीहरु राम्रो तरिकाले चलेका छन् ।

अर्बौ बचत तथा ऋण परिचालन गरेका हैसियतका सहकारीहरुको कुराहरु सुन्दा सहकारीको क्षेत्रमा नकारात्मक भाष्य सिर्जना गर्ने, धारणा बनाउने र यो क्षेत्रलाई नास पार्ने गरि गलत प्रचार भएको छ भन्ने कुराको अनुभूती हुनेगरि छलफल भएको छ ।’

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:१५

  काठमाडौं । काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलाभित्र...

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:०८

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय...

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको हर्क राइको आरोप

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:००

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)...

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ : रवि लामिछाने

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ :...

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेले जनताको...

इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेश

इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेश

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:३६

काठमाडौं । तेहरानले क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले पाकिस्तानमार्फत अमेरिकासमक्ष...

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:११

  सुर्खेत । कर्णालीमा कक्षा १२ को परीक्षामा २४ हजार...