CG Electronics
Ncell NPL
NIMB

सेवाभाव र समाजको हितनै राजनीतिको धर्म हो : उपप्रधानमन्त्री सिंह

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निस्वार्थ सेवा भाव र समाजको हित नै राजनीतिको धर्म भएको बताएका छन् ।

बुधबार स्याङ्जामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बोल्दै उनले राजनीतिमा सेवा भावले काम गर्नु नै राजनीतिको धर्म भएको बताएका हुन् ।

मानव समाजलाई सुव्यवस्थित अगाडी बढाउन कानून नभएका बेला धर्मले गर्न हुने र नहुने भनेका कुरालाई नै मानिसहरुले कानूनका रुपमा पालना गरेर समाज अहिलेको अवस्थामा आइपुगेकाले धर्मको महत्व विशिष्ट रहेको बताए ।

‘समाजलाई अगाडी बढाउने क्रममा धर्मसँग हामी संलग्न छौं । धर्मले गर्न हुने र नहुने कामलाई मानिस आफैले छुट्याएर समाजलाई राम्रो हुने काममा अघि बढ्न सिकाएको छ,’ उनले भने, ‘धर्ममा लागू हुने नीति र जुन मान्यता छ । त्यो समाजको हरेक अरु पक्षमा पनि लागू हुन्छ । व्यापारमा पनि धर्म हुन्छ ।
उद्योगपतिको नि धर्म हुन्छ । विभिन्न व्यवसायमा लागेकाहरुको पनि धर्म हुन्छ । राजनीति गर्नेहरुको पनि धर्म हुन्छ । समाजलाई हित हुने काम हामीले गर्नुपर्छ । सेवाभाव र समाजको हित हुने काम गर्नुनै राजनीतिको धर्म हो ।’

उनले भक्तजनका लागि धर्मशाला बनाउने उद्धेश्यले महायज्ञ लगाइएको भन्दै शहरी विकास मन्त्रालयले गर्न सक्ने काम गर्ने प्रतिवद्धता पनि जनाए ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले पार्टी प्रतिबन्धित रहेका बेला ०४२ सालभन्दा अगाडी सत्याग्रहको तयारीका बेला गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवासहित गोपालमान श्रेष्ठको घरमा पार्टी अधिवेशन र सत्याग्रहको तयारीका लागि पुगेको भन्दै पुरानो दिनको सम्झना गरे ।

 

 

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...