CG Electronics
IME Life
NIMB

नेपाल बिजनेस समिटको “ईम्पावड बाई” पार्टनरमा फोन पे

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । फोनपेले नेपाल ब्यवसायिक सिखर सम्मेलन २०२५ (Nepal Business Summit 2025) को दोस्रो संस्करणका लागि “ईम्पावड बाई” (Empowered By) पार्टनरको रूपमा साझेदारी गर्ने भएको छ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चेम्बर अफ कमर्स (NCC) र नेपाल बिजनेस इन्स्टिच्युट (NBI) को संयुक्त आयोजनामा आगामी जेष्ठको तेस्रो हप्ता हुने सम्मेलनमा फोनपेले डिजिटल कारोबार, व्यवसायिक वृद्धिलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित सहकार्य गर्न लागेको हो।

साझेदारीबारे समझदारीपत्रमा फोनपेका प्रमुख सञ्चालन अधिकृत पारस कुँवर र एनबिआईका कार्यकारी अध्यक्ष बिशाल गैरेले हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा पारस कुँवरले विश्वास, इनोभेसन र प्रविधिको माध्यमबाट डिजिटल भुक्तानी प्रणालीलाई नयाँ परिभाषा दिँदै स्टार्टअप र प्रविधिको विकासमा सरकारको प्राथमिकता आवश्यक रहेको बताए। यस्ता सम्मेलनहरूले नीति निर्माणमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।

एनबिआई अध्यक्ष बिशाल गैरेले सम्मेलनमा संघीय, प्रदेश र स्थानीय सरकारका उच्च अधिकारीदेखि लिएर, निजी क्षेत्र, बैंक, वित्तीय संस्था, दातृ निकाय, उद्यमी, नवप्रवर्तक युवा तथा महिला, आईटी तथा डिजिटल क्षेत्रमा क्रियाशीलहरू लगायत ५ सयभन्दा बढी सहभागिता रहने जानकारी दिए।

“Sustainable and Resilient Economy” भन्ने मूल नाराका साथ आयोजना हुने यो सम्मेलनमा विभिन्न क्षेत्रका जल्दाबल्दा मुद्दाहरूमा सघन छलफल, बहस तथा अन्तरक्रिया गरिनेछ। प्राप्त सुझावहरूलाई समेटी निष्कर्ष प्रतिवेदन तयार पारिने र कार्यान्वयनका लागि तीन तहका सरकारलाई हस्तान्तरण गरिने आयोजकको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...