CG Electronics
IME Life
NIMB

आधारभूत पूर्वाधारको अवस्था कमजोर हुँदा पर्यटकको संख्या कम भयो : सीईओ जोशी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले नेपालमा लगानी अनुसार पर्यटकहरुको संख्या कम भएको बताएका छन् ।

बुधबार नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल पर्यटन बोर्डको आयोजनामा भएको पर्यटन सवारी चालक तथा सहचालक अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आधारभूत पूर्वाधारको अवस्था कमजोर भएको कारण अपेक्षित मात्रामा पर्यटक ल्याउन नसकेको भन्दै अहिले नेपाल सरकार, विभिन्न निकाय, स्थानिय तहको पनि पूर्वाधारमा निकै ठूलो जोड रहेको बताए ।

उनले भने, ‘पर्यटकहरुको संख्या हामीले सोच जति छैन् । यातायात, होटललगायत धेरै क्षेत्रमा लगानी एकदमै धेरै छ ।

हाम्रो आधारभूत पूर्वाधारको अवस्था कमजोर हुदाँ हामीले अपेक्षित मात्रामा पर्यटक ल्याउन सकिरहेको छैनौँ तर पछिल्लो समयमा नेपाल सरकार, विभिन्न निकाय, स्थानिय तहको पनि पूर्वाधारमा निकै ठूलो जोड छ । आजको दिनमा पर्यटन क्षेत्र राम्रो छैन् भनेर निराश हुनुभन्दा हाम्रो भविष्य राम्रो छ भनेर आशावादी हुनुपर्छ ।’

यस्तै, उनले सवारी साधनको विषयमा गुणस्तरियता, सरसफाईको साथै, पर्यटकहरुलाई दिने जुन आतिथ्यतालाई सन्तुलनमा राख्नुपर्ने बताए ।

उनले भने, ‘सवारी साधनको विषयमा कुरा गर्दा गुणस्तरियता, सफाई आदि कुरा छँदै छन्, त्यो बाहेक हामीले पर्यटकहरुलाई दिने जुन आतिथ्यता छ त्यसलाई सन्तुलन गर्नुपर्छ । हाम्रो आतिथ्यता कै कारणले नेपालमा आउने पर्यटकहरु दोहोर्‍याएर आउने गरेका छन् ।’

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...