CG Electronics
IME Life
NIMB

नेपालबाट मनसुन बहिर्गमनको अन्तिम चरणमा पुगेको छ : उपमहानिर्देशक रेग्मी

उपमहानिर्देशक जल तथा मौसम विभाग

NIMB
Himalayan Bank

 

 

काठमाडौं । हाल नेपालमा सक्रिय रहेको मनसुनी वायु पूर्वतर्फ सर्दै गएकाले नेपालबाट बाहिरे अवस्थामा पुगेको मौसमविद्हरुले बताएका छन् ।

बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणालीका कारणले गत १७ गतेबाट बागमती, मधेस प्रदेशमा भारीदेखि अति भारी वर्षा र कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा पनि भारी वर्षाहरू भएको थियो ।

उक्त मनसुनी वायु बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बाहिरिने अवस्थामा रहेको जल तथा मौसम विभागका उपमहानिर्देशक सुमन कुमार रेग्मीले बताए ।

उनले भने, ‘बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणाली अब बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बाहिरिसकेको छ । नेपालमा यो मनसुन बहिर्गमनको करिब करिब अन्तिम चरणमा पुगिसकेको अवस्था छ ।’

आज (आइतबार) मौसम फेरबदल हुने अथवा पानी पार्ने अवस्था नरहे पनि पश्चिमी वायुको कारणले कर्णालीका केही भूभाग र सुदूरपश्चिमका पनि पहाडी क्षेत्रहरूमा केही मौसममा थोरै फेरबदल हुनसक्ने उनले जानकारी दिए । साथै उनले पानी पार्न सक्ने मौसमी प्रणाली नरहेको बताए ।

‘हामीले के देखिरहेका छौँ भने पश्चिमतिरबाट आउने पश्चिमी वायुको कारणले कर्णालीका केही भूभाग र सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा केही मौसममा थोरै फेरबदल हुने तर त्यति त्यस्तो खालको ठूलो फेरबदल हुने अवस्था छैन,’ उनले भने ।

मनसुन सुधारिए पनि बहिर्गमनको अन्तिम चरणमा रहेकाले वर्षाको सम्भावना पनि उतिकै रहेको उनले बताए ।

‘अझैपनि मनसुन सकिसकेको अवस्था छैन् । मनसुन बहिर्गमनको अन्तिम चरणमा छ ।

त्यसकारण मनसुन नसकिएसम्म वर्षाको सम्भावना रहन्छ, खासगरी मनसुनी वर्षाको,’ उनले थप भने, ‘सम्भवतः यो हप्ताको अन्तिमसम्ममा अथवा अर्को हप्ताको सुरुसम्ममा मनसुन बहिर्गमन भइसक्ने अवस्था जस्तो देखिएको छ ।’

 

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उपमहानिर्देशक रेग्मीले हाल जोखिमको सम्भावना नरहेपनि कोशी प्रदेशको एकदुई ठाउँमा मध्यम वर्षासम्म पनि हुन सक्ने बताए ।

साथै उनले कोशी प्रदेशबाट समेत आज रातिबाट नै मनसुनी वायुको प्रभाव बाहिरिने अवस्था रहेको बताए ।

‘जोखिमको सम्भावना त अहिले कहींपनि देखिदैन् । त्यस्तो ठुलो सम्भावना पनि छैन । जोखिमको सम्भावना छैन ।

वर्षाको सम्भावना केही क्षेत्रमा हुनसक्छ, खासगरी कोशी प्रदेशको अझै पनि केही भू–भागहरूमा हल्कादेखि मध्यम वर्षा पनि हुन सक्छ । त्यस्तो अवस्था आज दिनभरी मात्र रहन्छ । त्यसपछि करिब आज रातिबाट भनौँ, रातिबाट त पुरै यो प्रणाली चाहिँ बाहिरिने अवस्था छ,’ उनले भने ।

 

 

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...