CG Electronics
IME Life
NIMB

दोस्रो एनपिएलका लागि कर्णाली याक्सको सह–प्रायोजकमा एसियन पेन्ट्स

NIMB
Himalayan Bank

 

काठमाडौं । कर्णाली याक्स स्पोर्टस प्रा.लीले एसियन पेन्ट्सलाई सह–प्रायोजकको रुपमा भित्राएको छ ।

मंगलबार काठमाडौंको याक एण्ड यति होटलमा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्स मार्केटिङ सहायक प्रवन्धक आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि हो । सम्झौता कार्यक्रममा एसियन पेन्ट्सको तर्फबाट मार्केटिङ सहायक प्रवन्धक अङ्किता श्रेष्ठको पनि उपस्थिति रहेको थियो । निर्देशक घिमिरेलेपेन्ट्ससङ जिडिदा जोदिदा खुसी भएको बताउदै दोस्रो सस्करणको तयार रहेको बताए । एसियन पेन्ट्स नेपाल नेपालका अन्तर्राष्ट्रिय पेन्टहरु उत्पादन गर्ने एक प्रमुख उत्पादक हो ।

एसियन पेन्ट्सका उत्पादनहरु नेपालमा सबैभन्दा बढी रुचाइएको छ । एसियन पेन्ट्सले आफ्नो बजार एसियासँगै अफ्रिका, मिडल इष्ट, साउथ प्यासिफिक र साउथ प्यासिफिकमा पनि बिस्तार गरेको छ । यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौको होटल याक एण्ड यति, नेबिको र प्लम्बर पाइप्ससँग सम्झौता गरेको छ । कर्णाली याक्सले ट्रफी टुर कर्णाली प्रदेशका विभिन्न शहर, धार्मिक स्थल र पर्यटकीय क्षेत्रमा २ नोभेम्बर र ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा आयोजना गर्दैछ ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

यस्तै, कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको हो । वाट र डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे वाङछ्युक ‘सुबास पाख्रिन’ समेतलाई ‘दोर्जेलोपेन’ उपाधि

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे...

वि.सं.२०८३ जेठ २० बुधवार ००:११

काठमाडौं । हिमाली बौद्ध बज्रयान परम्पराअन्तर्गत अत्यन्त कठिन, पवित्र एवं...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...