CG Electronics
IME Life
NIMB

एनपीएल–२ मा ओमोडा/जेइकोको रोबोट डग पहिलोपटक मैदानमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा रोबोट डग देख्न पाइने भएको छ। एनपीएल खेल मैदानमा ओमोडा जेइकोको रोबोट डग देख्न पाइने भएको हो।

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा ओमोडा जेइकोले सहकार्य गर्ने सम्झौता केही दिनअघि गरेको थियो। अघिल्लो सिजनमा पनि ओमोडा जेइकोले एनपीएलसँग सहकार्य गरेको थियो। यो वर्ष ओमोडा जेइकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले रोबोट डग राख्ने भएको हो।

एनपीएल मैदानमा खेलाडी तथा खेल हेर्न पुग्ने दर्शकले समेत ओमोडा जेइको रोबोट डगसँग इन्टर्‍याक्सन गर्न पाउने छन्। मंसिर १ गतेदेखि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा एनपीएल सिजन २ को खेल सुरु हुँदैछ।

कटिङ एज टेक्नोलोजीमा आधारित इन्टेलिजेन्ट मेकानिकल रोबोट चीनको चर्चित अटोमोबाइल कम्पनी चेरी अटोमोबाइल अन्तर्गतको ओमोडा जेइको सबब्रान्डमा उत्पादन भएको हो। उक्त रोबोट डगले कुद्न, उफ्रन तथा भोइस कमान्डमा चल्न सक्छ।

डाइनामिक डिजाइनमा तयार पारिएको रोबोट डगमा क्यामेरा जडान गरिएको छ। ओमोडा जेइको ग्लोबलको एइमोगा टेक्नोलोजी प्रालिको अत्याधुनिक प्रविधिमा आधारित रहेर यो रोबोट डग डिजाइन गरेको हो।

ओमोडा जेइको नेपालले उक्त रोबोट डगको उपयुक्त नाम सिफारिस गर्न समेत भनेको छ।

नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै ओमोडा एन्ड जेइकोले एनपीएल सिजन २ को म्यान अफ द टुर्नामेन्टलाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणासहित एनपीएलसँग जोडिएको हो। एनपीएलको सिजन १ मा ओमोडा एन्ड जेइकोले ‘ड्रिभन बाइ’ सहप्रायोजकको रूपमा सहकार्य गरेको थियो।

ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिग दुवैले ‘उत्कृष्ट पर्फमेन्स, लगाव तथा इनोभेसन’को दृष्टिकोणलाई बढावा दिने भएकोले यो सहकार्य त्यही साझा दृष्टिकोणस्वरूप भएको कम्पनीको भनाइ छ। देशकै सबैभन्दा लोकप्रिय क्रिकेट प्रतियोगिता एनपीएलले देशभरका क्रिकेटप्रेमीहरूलाई एकजुट गर्दै खेलप्रति विशेष उत्साह जगाउने तथा राष्ट्रको गौरव बढाउने कार्य गर्दै आएको एसपीजी अटोमोबाइलले उल्लेख गरेको छ।

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म...

वि.सं.२०८३ जेठ २ शनिवार १८:२२

  काठमाडौं । बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष...

एमजीको बिक्रीपछिको सेवा सुदृढ, स्पेयर पार्ट्स मूल्य सार्वजनिक

एमजीको बिक्रीपछिको सेवा सुदृढ, स्पेयर पार्ट्स मूल्य...

वि.सं.२०८३ जेठ २ शनिवार १८:०२

  काठमाडौं । जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले नेपालमा एमजी...