CG Electronics
IME Life
NIMB

कारवाहीमा परेका व्यक्तिलाई संरक्षण गर्दै कांग्रेसका मन्त्री कलवार विवादमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

नवलपरासी। नेपाली कांग्रेसको सिफारिसमा लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका बन तथा वातावरण मन्त्री देवकरण (सन्तु) कलवार पार्टीभित्रै विवादमा तानिएका छन्। पार्टीले अनुशासनहीनता आरोपमा कारवाही गरिसकेको व्यक्तिलाई उनले संरक्षण दिएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढेको छ।

प्रतिनिधिसभा, समानुपातिक तथा राष्ट्रियसभा निर्वाचनका लागि पार्टीले मातहतका समितिहरूलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिइरहेको बेला पश्चिम नवलपरासीमा मन्त्री कलवारले पार्टीको साधारण सदस्यता नै खारेज भइसकेका विक्रम खनालको पक्षमा खुलेर उभिएको आरोप लागेको हो।

पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्य विनोद चौधरीलाई एकल सिफारिस गर्ने तयारी भइरहँदा मन्त्री कलवारले खनालको नाम अघि सारेपछि विवाद उत्पन्न भएको छ। विगतमा खनाललाई कारवाही गर्न माग गर्दै आन्दोलनसम्ममा उत्रिएका कलवार अहिले उनीकै पक्षमा लागेपछि स्थानीय कांग्रेस कार्यकर्तामाझ प्रश्नहरू उब्जिएका छन्।

कांग्रेस क्षेत्रीय समितिका एक पदाधिकारीले भने, “साधारण सदस्य नहुँदा टिकटका लागि योग्य हुँदैन। कारवाही फुकुवा नभएको व्यक्तिको सिफारिस हुनु पार्टी अनुशासनविपरीत हो।”

लुम्बिनी प्रदेश कांग्रेस सभापति अमरसिंह पुनले कारवाहीमा परेका व्यक्तिको सिफारिस नगर्न स्पष्ट निर्देशन दिइसकेका छन्। तर मन्त्री कलवारको अडान पार्टीको निर्णय र अनुशासन दुवै विरुद्ध रहेको नेताहरूको आरोप छ। कांग्रेस अनुशासन विभागका संयोजक आनन्द ढुंगानाले कारवाहीमा परेका व्यक्तिले उम्मेदवार बन्न नसक्ने दोहोर्‍याए। उनका अनुसार,“अनुशासन कारवाही फिर्ता नभएसम्म साधारण सदस्यता नहुने व्यक्ति पार्टीबाट सिफारिस हुनै सक्दैन।”

मन्त्री कलवारले कारवाहीमा परेका पूर्व प्रदेश महामन्त्री खनालको संरक्षण गरेको घटनापछि पश्चिम नवलपरासीमा कांग्रेस कार्यकर्तामाझ असन्तुष्टि चुलिएको छ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...