CG Electronics
IME Life
NIMB

नेपाल लाइफले २१.०५ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न गर्‍यो २६औँ साधारण सभा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

वीरगञ्ज। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६औँ वार्षिक साधारण सभा आज पर्साको वीरगञ्जस्थित होटल भिष्वामा सम्पन्न भएको छ। सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री गोविन्दलाल संघईको अध्यक्षतामा सम्पन्न भएको हो।

सभामा अध्यक्ष संघईद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको छ। साथै लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पनि स्वीकृत भएका छन्। सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिकसमेत निर्धारण गरेको छ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसअनुसार १६.०५ प्रतिशत नगद लाभांश (कर सहित) तथा ५ प्रतिशत बोनस शेयर शेयरधनीहरूलाई प्रदान गरिनेछ। कुल लाभांश रकम १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ रहेको छ।

सभाले संस्थापक समूहअन्तर्गत श्री गोविन्दलाल संघई, श्री कमलेश कुमार अग्रवाल र श्री विवेक कुमार अग्रवाललाई निर्विरोध सञ्चालकमा निर्वाचित गरेको छ। साधारण सभा पश्चात बसेको सञ्चालक समितिको ४०७औँ बैठकले श्री गोविन्दलाल संघईलाई पुनः अध्यक्षमा चयन गरेको छ।

 

अध्यक्ष संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई अझ उचाइमा पुर्‍याउन संरचनात्मक सुधार, सुशासनको पूर्ण पालना, आधुनिक प्रविधिको प्रयोग, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन तथा ग्राहक केन्द्रित योजनाहरूमा जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। कम्पनीले अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डअनुसार सेवा विस्तार गरिरहेको जानकारीसमेत उहाँले दिनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक श्री कमलेश कुमार अग्रवालले प्रतिकूल मौसमका बाबजुद उल्लेख्य उपस्थिति जनाउने शेयरधनीहरूलाई धन्यवाद दिनुभयो। उहाँले वर्तमान म्याक्रो–आर्थिक अवस्थाका कारण बीमा क्षेत्र चुनौतीपूर्ण भए पनि सामूहिक प्रयासबाट अग्रस्थान कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८१/८२ का चुनौतीलाई अवसरमा परिणत गर्दै कम्पनीले उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गरेको बताउनुभयो। आर्थिक अवस्था सहज नभएको समयमा पनि लाभांश वितरण गर्न सफल हुनु गौरवको विषय भएको उहाँको भनाइ थियो। शेयरधनीहरूले दिएका सुझावहरूलाई सकारात्मक रूपमा कार्यान्वयन गरिने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो।

कम्पनीका अनुसार २०८२ असोज मसान्तसम्म नेपाल लाइफको कुल लगानी २५४ अर्ब रुपैयाँ पुगेको छ। जीवन बीमा कोष २४५ अर्ब रुपैयाँ र शेयरधनी कोष १३ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। हाल देशभर रहेका १ सय ९७ कार्यालयमार्फत सेवा प्रदान गरिरहेको कम्पनीले हालसम्म ३२६ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्नुका साथै १०३ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको जनाएको छ।

ग्राहकको हितलाई प्राथमिकतामा राख्दै समयसापेक्ष थप सेवा तथा सुविधा विस्तार गर्दै जाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...