CG Electronics
IME Life
NIMB

नेपालभर रेजेडआर माइलेज च्यालेन्ज जारी, सहभागीहरू उत्कृष्ट माइलेज नजिक

NIMB
Himalayan Bank

काठमाडौं। एमएडब्लू राइड्स प्रालिअन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपालले यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड माइलेज च्यालेन्जको आधा चरण सम्पन्न गरेको छ। केही महिनादेखि सञ्चालनमा रहेको प्रतिस्पर्धात्मक माइलेज च्यालेन्जले नेपालकै सबैभन्दा दक्ष राइडरको खोजलाई तीव्र बनाउँदै लगेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस प्रतिस्पर्धाको भव्य ग्रान्ड फिनाले आगामी असार २०८३ मा आयोजना हुने छ।

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ७१.३३ किलोमिटर प्रति लिटर माइलेज दिने एआरएआई (ARAI) को दाबी रहेको भए पनि, माइलेज लिगले वास्तविक सडकमा यसको प्रदर्शन अझै उत्कृष्ट हुन सक्ने प्रमाणित गरेको बताइएको छ। अहिलेसम्म एक सहभागीले ८७.२० किलोमिटर प्रति लिटरको उत्कृष्ट माइलेज हासिल गरेका छन् भने अन्य सहभागीहरू पनि विजेता माइलेजको निकै नजिक पुगेको कम्पनीको भनाइ छ।

कम्पनीले माइलेज च्यालेन्जलाई केवल कन्ट्रोल गरिएको ट्र्याकमा सीमित नराखी तराईका समथर सडकदेखि पहाडी उकालो मोड, हाइवे र अफ–रोड ट्रेलसम्म विभिन्न भौगोलिक अवस्थाहरूमा परीक्षण गरिएको जनाएको छ। यामाहा रेजेडआर हाइब्रिडले सबै अवस्थाहरूमा उत्कृष्ट माइलेज दिएको दाबी गरिएको छ।

यामाहाले विगतका वर्षहरूमा नेपालका ७० भन्दा बढी स्थानमा माइलेज च्यालेन्ज सञ्चालन गरिसकेको अनुभवका साथ यसलाई दर्शकहरूले प्रत्यक्ष हेर्न सक्ने प्रतिस्पर्धामा रूपान्तरण गरेको बताएको छ, जहाँ ग्राहकहरूले केवल माइलेजको दाबी मात्र होइन, वास्तविक नतिजा आफ्नै आँखाले देख्न पाएका छन्।

सातै प्रदेशलाई समेट्ने गरी सञ्चालन भइरहेको माइलेज लिगले नेपालका प्रमुख शहरहरूमा सफलता हासिल गरिसकेको छ भने अन्तिम चरणका लागि केही शहरहरू अझै बाँकी रहेको कम्पनीले जनाएको छ।

यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालका अनुसार माइलेज लिग केवल प्रतियोगिता मात्र नभई नेपाली राइडरहरूप्रति कम्पनीको प्रतिबद्धताको उत्सव पनि हो। “हामी ल्याबका नतिजाहरूलाई नेपालका वास्तविक सडकमा प्रमाणित गर्दैछौं। हाम्रो चाहना भनेको हरेक रेजेडआर हाइब्रिड राइडरले देशकै सबैभन्दा दक्ष स्कुटर चलाएको गर्व महसुस गर्न सकून्,” उनले भने।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...