CG Electronics
IME Life
NIMB

नेपालमा जीवन बीमा कम्पनीहरुको व्यवसाय चालु आर्थिक वर्षको पुष महिनामा १७ अर्ब ४७ करोड रुपैयाँ पुग्दै १७ प्रतिशतले बढ्यो

NIMB
Himalayan Bank

 

काठमाडौं। नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष महिनामा १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार, देशभर सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त रकम आर्जन गरेका हुन्।

गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय १७.१० प्रतिशतले बढेको छ। कम्पनीहरुले गत वर्ष सोही अवधिमा १४ अर्ब ९२ करोड २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।

कुल बीमा शुल्कको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छन्। नेपाल लाइफ इन्स्योरेन्सले चार अर्ब १३ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै सबैभन्दा अगाडि रहेको छ। यसले गत वर्षको तुलनामा १२.०८ प्रतिशत वृद्धिदर देखाएको छ।

दोस्रो स्थानको नेशनल लाइफ इन्स्योरेन्सले २९.७० प्रतिशत वृद्धि गर्दै दुई अर्ब १० करोड २८ लाख रुपैयाँ र एलआइसी नेपालले १३.८० प्रतिशत वृद्धि गर्दै दुई अर्ब ४ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स १०.२८ प्रतिशत वृद्धि हुँदै एक अर्ब ६९ करोड ७६ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्स ११.०८ प्रतिशत वृद्धि हुँदै एक अर्ब १८ करोड ७३ लाख, एशियन लाइफ इन्स्योरेन्स ३.५४ प्रतिशत वृद्धि हुँदै ८८ करोड ८५ लाख, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स २९.५६ प्रतिशत वृद्धि हुँदै ८३ करोड २९ लाख, र सिटिजन लाइफ इन्स्योरेन्स ११.०५ प्रतिशत वृद्धि हुँदै ८० करोड ८६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले सबैभन्दा उच्च ४६.४८ प्रतिशत वृद्धिदर देखाउँदै ७५ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ।
यसैगरी, आइएमई लाइफ इन्स्योरेन्स ३४ प्रतिशत वृद्धि हुँदै ७३ करोड ४ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ३८.६२ प्रतिशत वृद्धि हुँदै ६४ करोड २४ लाख, मेट नेपाल १२.६६ प्रतिशत वृद्धि हुँदै ६० करोड ४४ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स १८.६२ प्रतिशत वृद्धि हुँदै ५७ करोड ५० लाख, र सन नेपाल लाइफ इन्स्योरेन्स ८.५४ प्रतिशत वृद्धि हुँदै ४६ करोड ४० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...