CG Electronics
Ncell NPL
NIMB

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौँको होटल हेभन रिसोर्टमा आयोजित अधिवेशनबाट धर्मराज पोखरेल संघको अध्यक्षमा निर्वाचित भएका छन्।

निर्वाचनको परिणाम अनुसार संघको उपाध्यक्षमा जय प्रसाद भट्टराई, सचिवमा कुमार श्रेष्ठ, सह–सचिवमा नवराज भुजेल, कोषाध्यक्षमा प्रकाशसिंह धामी निर्वाचित भएका छन्। संघको कार्यसमिति सदस्यमा सुजन सिलवाल, राजकुमार बि.सी, निरज श्रेष्ठ, कान्तिकुमारी खड्का निर्वाचित भएका छन्।

संघको साधारण सभामा बोल्दै दुवानी व्यवसायी महासंघ – नेपालका अध्यक्ष माधव प्रसाद नेपालले राज्यले ढुवानी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन आवश्यक रहेको बताएका छन्। उनले ढुुवानी व्यवसायीलाई राजस्व अनुसन्धानको नाममा अनावश्यक दुःख दिने काम हुने गरेको र बजेटमा पनि व्यवसायी मैत्री कर प्रणाली लागू गुर्नपर्नेमा जोड दिए। उनले भने,‘हामी सरकारका निकायसँग समन्वय गरेर अघि बढेका छौँ। यस व्यवसायलाई मर्यादित र व्यवस्थित गर्ने दायित्व राज्यको हो।

काठमाडौँमा ट्रान्सपोर्ट नगरको आवश्यकता छ। राज्यले व्यवसायीलाई जग्गा उपलब्ध गराएर यस व्यवसायको व्यवस्थापनमा महासंघसँग समन्वय गरेर सरकार अघि बढ्न आवश्यक छ।’ उनले यस व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण समस्या भएको र यसलाई न्यूनिकरण गर्न व्यवसायी पनि जिम्मेवार हुनुपर्नेमा जोड दिए।

संघको अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संघको संगठनात्मक सुदृढीकरण, व्यवसायिक हक–हितको संरक्षण तथा ढुवानी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल गर्दै आगामी कार्यदिशा तय गरेको छ।

व्यवसायीले नीतिगत सवालमा राज्यले गरेको उपेक्षाप्रति आक्रोस व्यक्त गर्दै तत्काल यस क्षेत्रका समस्या समाधान गर्न माग गरेका छन्। कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष अच्युत राज खनाल, उपाध्यक्ष अरुणकुमार श्रेष्ठ, महासचिव पुष्पराज श्रेष्ठ, निवर्तमान अध्यक्ष विश्वनाथ खनाल लगायतको उपस्थिति रहेको थियो।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...