Ncell NPL
NIMB
Everest Bank

नेपालमा ‘जेइको जे६टी’ विद्युतीय गाडी सार्वजनिक, ६६.९९ लाखदेखि मूल्य, ४३१ किमि रेन्ज

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ विद्युतीय गाडी जेइको जे६टी औपचारिक रूपमा सार्वजनिक गरेको छ। एक विशेष कार्यक्रम आयोजना गर्दै कम्पनीले यो गाडी सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार जे६टीलाई नेपाली सडकको अवस्थालाई ध्यानमा राख्दै तयार गरिएको छ। अफरोड र कठिन भू–भागमा पनि सहज रूपमा गुड्न सक्ने क्षमताका कारण यो गाडी विशेष मानिएको छ। यसको डिजाइन विश्वप्रसिद्ध ल्यान्ड रोभर डिफेन्डरबाट प्रभावित रहेको बताइएको छ, जसले यसलाई बलियो र आकर्षक बनाएको छ।

गाडीको बजार मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकिएको भए पनि सुरुवाती अफर अन्तर्गत ग्राहकहरूले ६६ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

यसमा विश्वप्रसिद्ध सीएटीएल कम्पनीको लिथियम आइरन फस्फेट (LFP) ब्याट्री प्रयोग गरिएको छ। गाडीको ग्राउन्ड क्लियरेन्स २२५ एमएम रहेको छ, जसले नेपाली सडक र अफरोड दुबै अवस्थालाई सहज बनाउने कम्पनीको दाबी छ। पूर्ण चार्जमा यो गाडीले ४३१ किलोमिटर सम्म यात्रा गर्न सक्ने बताइएको छ।

सुविधाका हिसाबले पनि जे६टी आधुनिक प्रविधिले भरिपूर्ण छ। यसमा १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, ९.२ इन्च डिजिटल क्लस्टर, ५० वाट वायरलेस चार्जर, ८ स्पिकर, पानारोमिक सनरुफ, भेन्टिलेटेड तथा हिटेड सिट, डुअल जोन एसी लगायतका सुविधा समावेश छन्। साथै ३६० डिग्री क्यामेरा, लेभल–२ एडास, ६ एयरब्याग, भेइकल स्टेबिलिटी कन्ट्रोल र पार्किङ सेन्सर जस्ता सुरक्षा फिचरहरू पनि उपलब्ध छन्।

यसअघि बजारमा आएको जेइको जे६ को सफलतापछि यसको थप सुधारिएको र शक्तिशाली संस्करणका रूपमा जे६टी ल्याइएको कम्पनीले जनाएको छ।

कार्यक्रममा शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा र निर्देशक गौरव शारडा लगायत अटोमोबाइल क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कम्पनीले नेपाली ग्राहकहरूलाई नवीन प्रविधि र भरपर्दो सवारी साधन उपलब्ध गराउने लक्ष्यसहित यो गाडी देशभरका आधिकारिक शोरुमहरूमा उपलब्ध गराएको जनाएको छ।

दोस्रो नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ पोखरामा आयोजना हुँदै

दोस्रो नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६...

वि.सं.२०८२ चैत ११ बुधवार ०९:५६

  पोखरा, चैत ११–१५ — नाडा अटोमोबाइल्स् एशोसिएसन अफ नेपालले...

भारतको सर्वाधिक बिक्री हुने १२५सिसी स्कुटर अब नेपालमा आधिकारिक रूपमा उपलब्ध

भारतको सर्वाधिक बिक्री हुने १२५सिसी स्कुटर अब...

वि.सं.२०८२ चैत ११ बुधवार ०९:१९

काठमाडौं, नेपाल — मार्च २०२५ — सुजुकीले नेपालमा आफ्नो नवीनतम...

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो...

वि.सं.२०८२ चैत ९ सोमवार ११:५७

  काठमाडौं, नेपाल - २२ मार्च २०२६ - यामाहाले नेपालमै...

नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन सम्पन्न

नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति...

वि.सं.२०८२ चैत ८ आइतवार २१:३६

  काठमाडौं। नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा २९ सदस्यीय नयाँ...

हुन्डाई एक्स्टर २०२६ फेसलिफ्ट भारतमा सार्वजनिक, बुकिङ खुला

हुन्डाई एक्स्टर २०२६ फेसलिफ्ट भारतमा सार्वजनिक, बुकिङ...

वि.सं.२०८२ चैत ८ आइतवार ०९:०७

काठमाडौं । Hyundai Motor India ले आफ्नो लोकप्रिय माइक्रो एसयूभी...

प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक

प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड...

वि.सं.२०८२ चैत ६ शुक्रवार २१:४८

  काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै...